नेकपामा तीन समूह छन्, तर म कुनै समूहमा पनि छैन : उपाध्यक्ष गौतम

काठमाडौँ । सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रका कुनै समूहमा आफू नरहेको प्रष्टीकरण दिएका छन् । उनले नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल गरी तीन समूह रहेको बताए ।

पार्टीमा तीनवटा विचार समूह बनेको र आफू कुनै पनि समूहमा नरहेको उनको प्रष्टीकरण छ । गौतमले पार्टीको अन्तरविरोध हल हुन नसक्दा यी समूह बनेको बताएका छन् । ‘अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा तीन वटा विचार समूह बनेका छन् । यी समूहसँग केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल जोडिनु भएको छ ।

‘म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्नँ । तर ओली र दाहालले भेट्न बोलाउँदा जाने गरेको छु । सल्लाह सुझाव र राय पनि दिने गरेको छु ।

मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु । मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो,’ शुक्रबार विज्ञप्ति निकालेर गौतमले भनेका छन् ।

यद्यपि उनको ६ बुँदे प्रस्तावमा ओलीलाई पाँच वर्ष प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष बनाइराख्नुपर्ने प्रस्ताव पनि छ । अध्यक्ष भएकोले ओली र दाहाल जसले बोलाए पनि भेट्न जाने र सल्लाह, सुझाव दिने गरेको पनि गौतमले स्पष्ट गरेका छन् ।

‘पार्टी अध्यक्ष भनेको केबल व्यक्तिमात्र हुँदैन, त्यो पार्टीभित्रको सर्वस्वीकार्य संस्था हो । त्यसैकारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै उहाँहरुले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेको बेला ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु ।

दाहाललाई पनि उहाँकै अगाडि आलोचना गर्ने गरेको छु । पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बेठक वा भेलालाई मैले गुट मान्दिनँ । त्यसो भएर मलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छ,’ गौतमको विज्ञप्तिमा छ ।

सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउन आफ्नो कुनै भूमिका र सरोकारको विषय पनि नभएको गौतमको दाबी छ । पछिल्लो पटक भट्टको नियुक्तिमा गौतमले चासो दिएको प्रचार भएको थियो । कान्तिपुरबाट 

भर्खरै प्रकाशित

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…