काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ भदौसम्म बन्द हुनेछन् यी सेवा

कोभिड-१९ को जोखिम बढ्दै गएपछि उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयहरूले प्रदान गर्ने सेवा घटाएका छन्। आज काठमाडौं, भक्तपुर र ललीतपुरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको बैठकले २५ साउनदेखि ८ भदौसम्मका लागि सेवा प्रवाह घटाउने निर्णय गरेको हो।

बैठकपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार नागरिकता र प्रतिलिपि वितरण, राहदानी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नविकरण, निजी सुरक्षा कम्पनी नवीकरण र नाबालिग परिचयपत्र वितरणसम्बन्धी सेवा हाललाई स्थगित गरिएको छ।

तर, शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा, अत्यावश्यक कामको लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने नियमित हुनेछ।

करीब तीन महीना लामो बन्दाबन्दीपछि १ असारदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण सेवाहरू नियमित गरेको थियो। नियमित सेवा प्रवाहमा आवश्यक सतर्कता अपनाइएको भए पनि सेवाग्राहीको अत्यधिक भीडभाडका कारण कोभिड–१९ को जोखिम बढेकाले अहिलेलाई केही सेवा प्रवाह स्थगित गर्नुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…