श्रीलंका निर्वाचनमा चीन समर्थक मानिने महिन्दा राजपाक्षको पार्टीलाई बहुमत प्राप्त

२३ साउन, काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका पोडुजना पार्टी (एसएलपीपी) ले स्पष्ट बहुमत हासिल गरेको छ ।

शुक्रबार सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो । यो निर्वाचनमा ७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार गरेको बताइएको छ । एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले केवल ५४ सिटमा जित हासिल गरेको छ ।

प्रधानमन्त्री महिन्दा राजपाक्षले सोही पदको लागि आफ्नै भाइबाट शपथ ग्रहण गर्नेछन् । प्रधानमन्त्रीका भाइ गोटाभाय राजपाक्ष श्रीलंकाका राष्ट्रपति हुन् । यो निर्वाचनमा जित हात पारेसँगै राजपाक्ष दाजुभाइलाई संविधान परिवर्तन गर्ने र सरकार बलियो बनाउने मौका मिलेको छ ।

राष्ट्रपति गोटाभय राजपाक्षले सामाजिक सञ्जाल ट्वीटरमा यो निर्वाचनमा आफ्नो समृद्धिको योजनालाई आगामी दिनमा वास्ताविकतामा ढाल्न सक्ने विश्वासका साथमा मानिसहरुले मतदान गरेको बताएका छन् ।

आलोचकहरुले भने राजपाक्ष दाजुभाइले अहिले पाएको अधिकार दुरुपयोग गर्दै प्रहरी र न्यायालयलाई पनि आफ्नो हातमा लिन सक्ने आशंका व्यक्त गरेका छन् ।

साथै राष्ट्रपतीय कार्यकालमाथिको अंकुश पनि हटाउन सक्ने उनीहरुको आशंका छ । श्रीलंकाको विपक्षी पार्टीले सरकारमाथि भ्रष्टाचार, सेन्सरसिप र मानिसहरुलाई आ तंकित पारेको आरोप लगाउँदै आएको छ ।

पछिल्लो समय श्रीलंकामा राजपाक्ष चीनको निकटमा व्यक्तिको रुपमा परिचित छन्। राजपाक्षकै कार्यकालमा श्रीलंकाले चीनलाई हम्बन टोटा बन्दरगाह ९९ बर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।

श्रीलंकाका हालका प्रधानमन्त्री  तथा तत्कालिन राष्ट्रपति महिन्दा राजपाक्षेको कार्यकालमा बनेको यस बन्दरगाहबाट चीनबाट आउने सामान ओराल्ने र देशको अन्य भागमा पुर्याउने योजना थियो। हम्बनटोटालाई चीनको आधुनिक युगको सिल्क मार्ग भन्ने गरिएको छ।

चीन बन्दरगाह नजिकै व्यावसायिक केन्द्र बनाउनका लागि यसको वरपरको १५ हजार एकड जमिन लिन चाहेका थियो । सुरुमा चीनको यो प्रयासलाई यसको प्रयोग आफ्नो सेनाका लागि गर्न सक्ने आशंका गरिएको थियो। जापान र अमेरिकासहित श्रीलंकाको महत्त्वपूर्ण छिमेकीहरूले बन्दरगाहको प्रयोग चिनियाँ सेनाले गर्न सक्नेमा चिन्ता व्यक्त गरेका थिए।

श्रीलंका हिन्द महासागरमा रणनैतिक ठाउँमा अवस्थित रहेकै कारण चीन र भारत आफ्नो प्रभाव जमाउन बर्षौं देखि लागिपरेका छन्। यद्यपि श्रीलंकामा पछिल्लो समय भारत चीनको प्रभाव राम्रो हुँदै गइरहेको छ।

भर्खरै प्रकाशित

अदालतमा विचाराधीन स्टिङ अपरेशनका ४०० मुद्दा खारेज हुने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशनका आधारमा मात्रै दायर गरेका ४ सय मुद्दा खारेज हुने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार…

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ। चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…