चीनमा कोरोनाबाट निको हुने ९० प्रतिशतमा फोक्सोको समस्या देखियो, ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा

एजेन्सी । कोभिड–१९ कोरोना भाइरसबाट संक्रमित भएर निको भइसकेका १ सय बिरामीमध्ये ९० प्रतिशतमा अझै फोक्सोको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।

त्यस्तै, निको भएका ५ प्रतिशतमा फेरि पोजेटिभ नतिजा देखिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा प्रकाशित समाचारमा उल्लेख छ ।

उहान विश्वविद्यालयको झोङनान अस्पतालले अस्पतालका इन्टेन्सिभ केयर युनिटका निर्देशक पेन्ग झियोङको नेतृत्वमा गत अप्रिलयता १ सय जना बिरामीहरुको निरन्तर फलो अप गरिरहेको छ ।

एक वर्षे कार्यक्रमअन्तर्गत पहिलो चरणको फलोअप जुलाईसमा सकिएको मिडिया रिपोर्टमा उल्लेख छ । यी १ सय जना बिरामीहरुको औसत आयु ५९ वर्ष रहेको छ ।

पहिलो चरणको नतिजाअनुसार ९० प्रतिशत अर्थात् ९० जना बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामै छ । जसको अर्थ उनीहरुको फोक्सोको भेन्टिलेशन र ग्यास एक्सचेन्ज कार्य अझै स्वस्थ व्यक्तिहरुको स्तरमा आइसकेको छैन भन्ने हो ।

पेन्गको टिमले बिरामीहरुलाई ६ मिनेट हिँडाएर परीक्षण गरेको थियो । जसअनुसार उनीहरु ६ मिनेटमा ४ सय मिटरमात्रै हिंड्न सकेको देखियो, जबकि स्वस्थ व्यक्तिले यही अवधिमा ५ सय मिटर हिँड्न सक्छन् ।

दोङजिमिन अस्पतालका डाक्टर लियाङ तेन्गसियओका अनुसार निको भइसकेका केही बिरामीहरु अस्पतालबाट डिस्चार्ज भएको तीन महिनापछि पनि अझै अक्सिजन मेसिनको सहारा लिन बाध्य छन् ।

लियाङको टिमले निको भइसकेका ६५ वर्षमाथिका बिरामीहरुको पनि फलो अप गर्दैछ । बिरामीहरुले डिप्रेसन र केही हदसम्म लोकलाजको पनि सामना गर्नुपरेको मिडिया रिपोर्टमा जनाइएको छ ।

निको भइसकेका अधिकांश बिरामीकाअनुसार परिवारका सदस्य उनीहरुसँग एउटै टेबुलमा बसेर खाना खाने इच्छा देखाउँदैनन् । निको भएका १ सयमध्ये आधाभन्दा पनि कम व्यक्तिमात्रै काममा फर्केको रिपोर्टमा उल्लेख छ । श्रोतः ग्लोबल टाइम्स

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…