चिनियाँ राजदूत होउ यान्छीको ट्विट : चीन र नेपालबीच दिदीबहिनी र दाजुभाइको जस्तो सम्बन्ध छ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीचको सम्बन्ध दिदीबहिनी र दाजुभाइको जस्तो भएको उल्लेख गरेकी छन्। बिहीबार एक ट्विट गर्दै राजदूत यान्छीले नेपाल र चीनबीचको सम्बन्ध छिमेकी र मित्रवत् मात्र भएर दिदीबहिनी र दाजुभाइको जस्तो भएको बताएकी हुन्।

नेपालमा चीनले प्रदान गरेको सहयोगका तस्बिर राख्दै उनले उस्तो ट्विट गरेकी हुन्। उनले भूकम्प, बाढीपहिरो, इन्धन अभाव र कोरोना भाइरसको महामारीसँग लड्नका लागि चीनले नेपाललाई सहयोग गरेको स्मरण गरेकी छन्।

नेपालका हरसंकटमा चीनले सहयोग गरेको उनको भनाइ छ। कोरोना भाइरसविरुद्धको लडाइँमा पनि नेपाल र चीनबीचको मित्रताको परीक्षण भएको समेत उल्लेख गरेकी छन्।

‘चीन र नेपालबीच छिमेकी र मैत्रीपूर्ण सम्बन्ध मात्र छैन, दिदीबहिनी र दाजुभाइको जस्तो सम्बन्ध छ। भूकम्प, बाढीपहिरो, इन्धन संकट र कोरोनाको महामारी नै किन नहोस्, हामी सँधै दुःख बाँढ्छौं। यसपटक हामीबीचको मित्रता नकाप्ने गरी परीक्षण भएको छ,’ उनले ट्विटमा लेखेकी छन्।

भर्खरै प्रकाशित

मुख्यमन्त्री शेरधन राईको बिहेपछि अविश्वास प्रस्ताव बारे छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिन पनि प्रदेशसभाको अधिवेशन…

स्थिरता र विकासका लागि ताजा जनादेश, तोकिएको मितिमा निर्वाचन जरुरी…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन…

प्रचण्ड माधवको आग्रह : ‘संविधानको रक्षा गर्न सबै सडक संघर्षमा…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा…

विनम्रता पनि कहीँ लम्पसारवाद हुन्छ ?

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि सन् २०१७ को अगस्ट २५ मा नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधामनन्त्री शेरबहादुर देउवासहितको पत्रकार सम्मेलन चलिरहेको थियो ।…

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…