उपत्यकामा कोरोनाको संक्रमण ह्वात्तै बढ्यो : अस्पतालमा बेड अभाव हुनसक्ने, तत्काल लकडाउन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण ह्वात्तै बढेकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमित दर बढेकाले अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए।

‘संक्रमित दर बढेकाले अप्ठ्यारो परिस्थिति छ। कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्नु’ गौतमले भने ‘छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गर्दछौं।’

पत्रकार सम्मेलनमा गौतमले काठमाडौंमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको बताए। उनले भने ‘औषधि र भेन्टिलेटरले उपचारमा सहयोग मात्र गर्ने हो। संक्रमण बढ्दै गएमा हाम्रो अस्पतालले धान्न सक्दैन। त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ लागु गर्नुहोला।’

२४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको छ। गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।

तत्काल लकडाउन हुदैन 

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे।

उनले ठाउँ-ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। यद्यपी संक्रमणको जोखिम हेरेर ती ठाउँहरूमा भने लकडाउन गर्न सकिने उनले जनाए।

‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ। संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबाटदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर-बिजोर प्रणाली लागू गरेको छ।

यो नियम २ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लाहरूमा पनि लागू हुने भनिएको छ। सरकारले काठमाडौं उपत्यकामा पनि अप्ठ्यारो स्थिति आइपरेको जनाएको छ।

यसरी नै संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले धान्न नसक्ने जनाइएको छ।

त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले अपील गरेको छ।

भर्खरै प्रकाशित

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…

नेपाल जतिसुकै भारत विरोधी भएपनि हामी नेपालसंग शत्रुताको कल्पना पनि…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका…

चीनको अर्को चमत्कार : प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न…

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने…

भारतले आजबाट नेपाललाई अनुदानमा खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या…

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…