नेकपाका अध्यक्ष दाहालसहित परिवारका सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित परिवारका सदस्य एवं सचिवालयका सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अध्यक्ष दाहाललगायत परिवारका सम्पूर्ण सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यमा कोरोना परीक्षण गर्दा उनको बाहिरी सुरक्षा घेरामा खटिएका ६ सुरक्षाकर्मीमा मात्र संक्रमण पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।

बाहिरी घेरामा खटिने ६ सुरक्षाकर्मीबाहेक अन्यको कोरोना रिपोर्ट नेगेटिभ आएको अध्यक्ष दाहालका निजी सचिव गंगा दाहालले जानकारी दिइन् ।

कुपण्डोलमा रहेको विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबमा अध्यक्ष दाहाल, परिवार, सचिवालयका सदस्य र सुरक्षाकर्मीलगायत ५३ जनाको कोरोना परीक्षण गरिएको थियो ।

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…