प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

बिहीबार मात्र स्वाब संकलन गरेर विध ल्याबमा परीक्षणका लागि दिइएका ५३ मध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ।

सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षको बाहिरी घेरामा खटिने ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजिटिभ आएको हो।’ प्रचण्डको सुरक्षामा खटिने ६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अन्यको स्वाब संकलनको तयारी भइरहेको छ।

पछिल्ला दिनमा सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत पाँच जनामा कोरोना संक्रमण देखिएपछि कार्यालय नै सिल गरिएको छ। महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालसहित सबै कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा छन् ।

प्रहरी मुख्यालयकै ७३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। संक्रमित अधिकांश सवारीसाधनको प्राविधिक काम (एमटी) महाशाखा र सञ्चार निर्देशनालयमा कार्यरत कर्मचारी छन्।

कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ६८ जनामा संक्रमण देखिएको हो। उनका अनुसार ट्राफिकका पाँच र मुख्यालयका ७३ जना संक्रमितको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ।

प्रवक्ता कडायतका अनुसार हालसम्म देशभरका विभिन्न प्रहरी युनिटका दुई सय ५६ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक सय पाँच जना उपचारपछि काममा फर्किसकेका छन्।

कहाँ–कहाँ सिल ?

प्रहरी प्रधान कार्यालयअन्तर्गतका एमटी, सञ्चार निर्देशनालय, ट्राफिक महाशाखा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक र सप्तरीको राजविराजस्थित प्रदेश २ तालिम केन्द्रको ब्यारेक सिल गरिएको छ।

सशस्त्रमा १ सय ३१ लाई संक्रमण

कोरोना भाइरसको संक्रमण सशस्त्र प्रहरीमा पनि देखिन थालेको छ। विभिन्न कार्यालयमा खटिएका १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ। बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र बाँकी सबै इलामका छन्। संक्रमितमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन्। साभार : अन्नपुर्णपोस्ट 

भर्खरै प्रकाशित

यस छ दक्षिण एसियाका साना मुलुकका अमेरिका र भारतको दौडधुप…

काठमाडौं । पछिल्ला केही महिनायता दक्षिण एसियाका साना मुलुकमा भारतीय र अमेरिकी उच्च अधिकारीहरुको भ्रमण बाक्लिएको छ । अमेरिकामा राष्ट्रपति निर्वाचनको समयमा आउन अब एक…

बंगलादेशमा फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन

१२ कात्तिक, काठमाडौं । बंगलादेशको राजधानी सहर ढाकामा मंगलबार हजारौं मानिसहरुले फ्रान्सेली सामान बहिष्कारको माग गर्दै प्रदर्शन गरेका छन् । फ्रान्सले इस्लामिक अतिवादविरुद्ध लिएको कडा…

भोलिबाट दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो…

काठमाण्डु उपत्यकामा थपिए ८४३ जना कोरोना संक्रमित

काठमाण्डु । काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाण्डुमा ६९६,भक्तपुरमा २९ र…

२२ वर्षे ब्लगर : जसले इन्टाग्रामको एक पोष्टबाट १५ लाख…

फेसबुक, टि्वटर तथा इन्स्टाग्राम जस्ता सोसल मिडियामा दैनिक करोडौँ प्रयोगकर्ताहरुले विभिन्न सामाग्रीहरु पोष्ट गर्ने गर्छन् । आफ्ना विचार, गतिविधि, तस्वीर, भिडियो, टिप्पणी जस्ता सामाग्रीहरु सोसल…