केपी ओलीको तुरुप : बामदेवलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री, नारायणकाजी श्रेष्ठलाई अर्थमन्त्री

काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्ने समुहलाई तहसनहस पार्ने रणनीति बनाएका छन् । त्यसका लागि एकपछि अर्को राजनीतिक तुरुप फालिरहेका छन् ।

उनले फालेका तुरुपले धेरै हदसम्म काम पनि गरिरहेको छ । ओलीले आफ्नो राजीनामा माग्ने समुहलाई फुटाउन सफल भइसकेका छन् । सचिवालयमा उनको विपक्षमा रहेका बामदेव गौतम र रामबहादुर थापा बादलले साथमा लिन सफल भइसकेका छन् ।

ओलीले घरमै पुगेर डिनर गफ गरी बामदेव गौतमलाई फकाउन सफल भएका छन् । गौतमसँग केही राजनीतिक लेनदेन पनि भइसकेको बुझिएको छ । उनलाई राष्ट्रियसभामा लैजाने र उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने तयारी गरिएको छ ।

यसका लागि हुने संवैधानिक जटिलता आउन नदिने वातावरणबारे समेत कुरा बढाइसकेका छन् । गौतमले छ बुँदे प्रस्ताव सार्नुमा ओलीसँगको केही सहमति पनि हो । छ बुँदे प्रस्तावलाई ओलीले सकारात्मक मानिसकेका छन् ।

मन्त्रिमण्डल पुर्नगठन गरेर जान भन्दा पनि प्रचण्डले नमानेपछि ओली रणनीतिक ढंगले प्रस्तुत भएका हुन् । ओलीले प्रचण्ड पक्षका नारायणकाजी श्रेष्ठलाई पनि फकाउन खोजेका छन् । श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने आश्वासन दिइएको छ । तर, श्रेष्ठ फकिएका छैनन् । उनले प्रचण्डलाई नै साथ दिइरहेका छन् ।

सचिवालयका बामदेव र नारायणकाजी पनि ओली नजिक आएमा अर्को समुहमा तीनजना मात्र बाँकी रहनेछन् । विगतमा ओलीसँग तीनजना रहेकोमा उल्टिएर अब ओलीरतिर समुहमा तीनजना मात्र सचिवालय सदस्य हुने अवस्था बन्ने ओली समुहको निष्कर्ष छ । त्यसैले ओलीले सचिवालयबाट टुंगो लगाउन भन्न थालेका छन् । यसलाई ओली ठुलो सफलतातर्फ उन्मुख भएको रुपमा बुझिन थालिएको छ ।

मन्त्रिमण्डल पुर्नगठन गरी विरोधी तह लगाउने र आन्तरिक व्यवस्थापन पनि गर्ने ओलीको तयारी छ । विश्वस्त स्रोतका अनुसार ओलीले भीम रावललाई पनि परराष्ट्र मन्त्री बनाएर फकाउन खोजेका छन् । माधव नेपालबाट टाढिएका दोस्रो पुस्ताका योगेश भट्टराई र घनश्याम भुषालहरुलाई पनि मन्त्रीमा कायमै राख्ने ओली पक्षको योजना बनिसकेको बुझिएको छ ।

भर्खरै प्रकाशित

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…

चिनियाँ कुटिल कुटनीति : यस कारण चीन चाहन्छ यसपालिको चुनाव…

वासिङ्टन । अमेरिकामा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूका लागि लामो समयदेखि चासो र दिग्दारीको विषय बन्ने गरेको छ । संसारकै सबैभन्दा…

चीन र ताइवानका कूटनीतिज्ञबीच फिजीमा कु’टाकुट

काठमाडौं । चीन र ताइवानको बीचमा अहिले तनाव बढिरहेको अवस्थामा फिजीमा भने यी दुई मुलुकका कूटनीतिज्ञबीच कु’टाकुट भएको समाचार सार्वजनिक भएको छ । ताइवानका अनुसार…