नरेन्द्र मोदीद्वारा विवादित भूमी अयोध्यामा राम मन्दिरको शिलान्यास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तरी क्षेत्रमा रहेको सहर अयोध्यामा राम मन्दिर निर्माणको लागि शिलान्यास गरेका छन् । बुधबार चाँदीको इँटा राखेर मोदीले मन्दिरको शिलान्यास गरेका हुन् ।

सन् १९९२ मा हिन्दूहरुले यो भगवान् रामको मन्दिर रहेको स्थानमा बनाइएको भन्दै मध्यकालीन मस्जिद भत्काइदिएका थिए । यस विषयमा दशकौंँदेखि हिन्दू र मुसलमानको बीचमा यो क्षेत्रको विषयमा विवाद रहँदै आएको थियो ।

यो जग्गाको विवाद एक शताब्दीभन्दा लामो समयदेखि चल्दै आएको हो । यो भारतको लागि सबैभन्दा ठूलो विवादको रुपमा देखिँदै आएको थियो ।

गत वर्ष भारतको सर्वोच्च अदालतले उक्त क्षेत्र राम मन्दिर निर्माणको लागि दिनुपर्ने फैसला सुनाएपछि यो विवाद साम्य भएको थियो । अदालतले मुस्लिक मस्जिद निर्माणको लागि अर्को स्थानमा जग्गा उपलब्ध गराउने शर्तमा उक्त स्थानमा राम मन्दिर निर्माणको लागि अनुमति दिएको हो ।

यससँगै भारतमा कोरोना भाइरस महामारीको बीचमा मोदीले राम मन्दिरको शिलान्यास गरेका हुन् । मोदीको पार्टी भारतीय जनता पार्टीका लागि राम मन्दिरको निर्माण महत्वपूर्ण प्रतिबद्धता थियो । हिन्दू राष्ट्रवादी मोदीले यसअघि राम मन्दिर निर्माणको वाचा गरेका थिए ।

अधिकारीहरुले राम मन्दिरको शिलान्यास समारोहको क्रममा कोरोना भाइरसबाट बच्नका लागि आवश्यक मापदण्ड पालना गरिएको बताएका छन् । तर, समारोहमा पुगेका मानिसहरुले मास्क लगाउने तथा भौतिक दुरीको नियम पालना नगरेको पाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतभरका भक्तहरुले यो मन्दिर निर्माणको लागि चाँदी र सुन दान गरेका छन् । उनीहरुले सिक्का, इँटा र बारको रुपमा यी बहुमूल्य धातुहरु मन्दिर निर्माणमा प्रयोग गर्न दिएका हुन् ।

टाइम्स अफ इन्डियाका अनुसार केही वर्षयता मन्दिर निर्माणको लागि भक्तहरुबाट संकलन गरिएको ‘श्री राम’ लेखिएको दुई लाख इँटा मन्दिरको आधार निर्माणको लागि प्रयोग हुनेछ ।

अयोध्याको मुद्दा के हो ?

सन् १९९२ मा हिन्दूहरुले उक्त वि वादित स्था नमा रहेको १६ औं शताब्दीको मस्जिद भत्का इदिएका थिए । जसको कारण शुरु भएको हिं सा मा परी करिब दुई हजार मानिसको मृत्यु भएको थियो ।

हिन्दूहरुका अनुसार उक्त बाबरी मस्जिद राम मन्दिर भत्का इएपछि सोही स्थानमा बनाइएको थियो । उनीहरुका अनुसार मुस्लिमहरुले राम मन्दिर भत्का एर बाबरी मस्जिद बनाएका थिए ।

मुस्लिमहरुका अनुसार सन् १९४९ मा केही हिन्दूहरुले मस्जिदमा रामको मूर्ति राखेर पूजा गर्न थालेका थिए । त्यसयता दुई धर्मका संगठनहरुले अदालतमा यो क्षेत्र आफ्नो रहेको दाबी गर्दै मुद्दा ल ड्दै आएका थिए । स्रोत : बीबीसी

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…