लेबनानमा कार्यरत नेपालीहरु भन्छन् : हाम्रो भाग्य बलियो रहेछ, हाम्रो त एक पाइला अगाडि बढ्ने आँट आएन

काठमाडौँ । घरको काम सकेर कोठातर्फ जानुअघि पोखराकी सरु गुरुङले रेस्टुरेन्टमा तीन जनाका लागि खाजा अर्डर गरिन् । गुरुङको साथमा धनगढीकी सोमती तामाङ र संगिता गुरुङ पनि थिए । खाजा अर्डर गरेर रेस्टुरेन्ट बाहिर मात्रै निस्किएकी थिइन्, एक्कासि ड्याम्म ठूलो आवाज आयो । थरर जमिन हल्लियो । भवनको झ्यालबाट सिसाहरु फुटेर बाहिर निस्कियो ।

सरुको खुट्टा लगलग काम्न थाल्यो । एकैछिनमा सिसा र बालुवा मिसिएको तुफान आयो । रेस्टुरेन्टभित्रबाट रुँदै कराउँदै मान्छेहरु बाहिर निस्किए । ‘मेरो त हंशले ठाउँ नै छोडिसकेको थियो । हामी तीन जना एउटै भएका थियौं,’ मंगलबार साँझको दृश्य सम्झिँदै गुरुङले टेलिफोनमा भनिन्, ‘सबैको ओठ सुकेको थियो । भागदौड मच्चिन थाल्यो । हामी त एक पाइला पनि अगाडि बढ्न आँटै आएन ।’

हावासँगै जोडले आएको सिसाहरुले उनीहरुको शरीरमा लाग्यो । सबै झ्यालहरुमा लगाएका सिसाहरु ग्यासवाला भएकाले उनीहरु जोगिए । चकनाचुर भएको सिसाले शरीरमा कतै घोपेन । उनीहरु बेरुत (लेबनानको राजधानी)को अग्लो स्थानमा रहेका हाम्रामा थिए । जमिनबाट एकैछिनपछि उठेर टाउको घुमाउँदा आकाशतिर आगोको मुस्लो उडिरहेको देखे ।

पछि बुझ्दै जाँदा उनले थाहा पाइन, उनीहरु रहेको भन्दा ५ मिनेटको दूरीमा रहेको बेरुतको बन्दरगाहामा राखिएको झन्डै २७ सय ५० टनको वि’स्फोटक पर्दाथ (एमोनियम नाइट्रेट) राखिएको गोदाममा वि’स्फोट भएको रहेछ ।

उनी घ’टनास्थल नजिकै रहेको जापानी नागरिकको घरमा काम गर्थिन् । ‘बन्दरगाहको छेउमै हाम्रो जापानी मालिकको अपार्टमेन्ट थियो । त्यसमा म पार्टटाइमरको रुपमा नियमित काम गर्थें । उनीहरु मंगलबार बिहान जापान गएपछि छुट्टी मिलेको थियो । वि’स्फोट हुने समयमै मेरो काम पर्दथ्यो,’ उनले भनिन्,‘जापानबाट मेरो मालिक्नीले फोन गरेपछि मात्रै थाहा भयो कि हाम्रो भाग्य बलियो रहेछ । उनीहरु बस्ने फ्ल्याट पूरै ध्वस्त भएछ ।’

बन्दरगाहकै छेउमा रहेको फोर सिजन होटल, फिनिसिया र स्टार कम्पनीमा कार्यरत ३३ जना नेपाली सुरक्षित छन् । फोर सिजनमा कार्यरत रुपेश गिरीले वि’स्फोटको समयमा होटलभित्रै काम गरिरहेको वबताए । होटलमा १० जना नेपाली काम गर्थे । ‘म र साथीहरु होटलभित्रै काम गरिरहेका थियौं । एक्कासि भएको वि’स्फोटले होटललाई क्षति पुऱ्यायो तर होटलमा मानवीय क्षति भएन,’ १० वर्षदेखि बेरुतमा कार्यरत गिरीले भने, ‘सबै नेपाली सुरक्षित छौं ।’

उनका अनुसार बन्दरगाहको वरिपरि नेपाली काम गर्ने भए पनि बन्दरगाहमा कोही नेपाली छैनन् । ‘बन्दरगाह र विमानस्थलभित्र नेपालीलाई काम गर्ने अनुमति नै छैन’, उनले भने,‘त्यही भएर त्यहाँ एक जना नेपाली परेका छैनन् भन्नेमा म ढुक्क छु ।’

उनले समुन्द्री छेउमा भएकोले वि’स्फोटबाट निस्किएको आधी धक्कामात्रै बेरुततिर आएको र आधा समुन्द्री भागतिर गएको देखिएको बताए । उनको होटलको छेउमै रहेका फिनिसिया होटलमा कार्यरत १५ जना नेपाली पनि सुरक्षित छन् । स्टार कम्पनीमा कार्यरत डिल्ली पौडेलले वि’स्फोटको समयमा आफूहरु कोठामा पुगिसकेको हुँदा सुरक्षित भएको बताए । ‘वि’स्फोट हुनुअघि हामी ड्युटी सकेर कोठामा पुगेका थियौं । केही भएन । हामी कार्यरत स्टार कम्पनी व्यावसायिक भवन हो । भवनभित्रका सबै कार्यालयहरुमा क्षति पुगेको छ’, उनले भने,‘वि’स्फोट भएपछि भवनमा आएर रेखदेख गरिरहेका छौं । जति डर राति नै भयो । अहिले स्थिति सामान्य देखिएको छ ।’

गैरआवासीय नेपाली संघ लेबनानका पूर्वअध्यक्ष समेत रहेका पौडेलले वि’स्फोटबाट कोही नेपाली पनि घा’इते नभएको बताए । ‘बेरुतमा पहिलाजस्तो नेपाली छैनन् । घरेलु कामदारहरु बढीजसो गाउँमै छन् । बन्दरगाहवरिपरि त हामी तीन वटा कम्पनीमा कार्यरत नेपाली मात्रै हौं । अहिले हामी सबै एकअर्काको सम्र्पकमा छौं,’ उनले भने ।

९ वर्षदेखि बेरुतमा कार्यरत इटहरीका कुमारी लिम्बूले आफूलाई घरको सिसाले लागे पनि कुनै चोट नलागेको बताइन् । ‘घर थरर थर्किने गरी विस्फोटको आवाज आयो । घरको सिसा पनि फुटेर लाग्यो । चोट कतै लगेन’, उनले भनिन्,‘मेरो साहुसाहुनीले पनि आत्तिनु पर्दैन भनेपछि ढुक्क भयो । बेरुतमा रहेका दिदीबहिनीलाई सम्पर्क गर्दा पनि कसैलाई केही भएको छैन भनेर खबर दिएका छन् ।’

गैरआवासीय नेपाली संघ, लेबनानका कोषाध्यक्ष हेम मगरका अनुसार लेबनानभरि झन्डै १२ सय नेपाली कार्यरत छन् । ‘मेरो रातिको ड्युटी थियो । रातभरि म सुतेको छैन । जतिले फोन गरेका छन् । सबैको स्थिति राम्रो छ’, उनले भने,‘डराउनु पर्ने अवस्था छैन ।’

लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासले नेपालीहरु सुरक्षित रहेको जनाएको छ । ‘प्रारम्भिक सूचनाअनुसार नेपालीलाई कुनै असर परेको देखिन्न’, दूतावासका प्रवक्ता सुजन विडारीले भने,‘हामीले निकै नजिकबाट सूचनाहरु लिइरहेका छौं ।’

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार विस्फोटमा परी ७८ जनाको ज्यान गइसकेको छ भने करिब ४ हजार घाइते भएको छ । मृत्यु हुने अधिकांश बन्दरगाहभित्र कार्यरत छन् । कान्तिपुरबाट 

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…