विष्णुमाथि प्रचण्ड पड्किए : तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभाछ ?

‘मलाई अचम्मचाहिँ के लाग्न थाल्यो भने, तपाईंहरूजत्तिको नेता भनिएका मान्छे नेता नभएर दासजस्तो किन हुनुभा’छ ?’

शुरुमै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अरु दिनभन्दा फरक किसिमले यसरी भएपछि पहिला शंकर पोखरेलले जवाफ दिए, ‘यो डेडलक खुलाउने सन्दर्भका विषयहरूलाई जे–जसरी अर्थ लगाए पनि आखिरमा हामीले चाहेको, तपाईंले चाहेको कुरा एउटै न हो, निकास…!’

अनि, प्रचण्डले महासचिव विष्णु पौडेलतिर हेरेर भने, ‘तपाईं त पार्टीको महासचिव हो नि ! महासचिवको जस्तो भूमिकामा आउनुप¥यो ।’

यसरी पार्टीका एउटा अध्यक्षको सन्देशवाहक भएर पुगेका जिम्मेवार नेताहरूलाई अर्का अध्यक्षले त्यस्तो संज्ञा दिएपछि शनिबारको खुमलटार भेटघाटमा केही असहजता देखियो ।
यस्तो हुनुको कारण थियो, प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको सन्देश लिएर पुगेका नेताहरूले एकोहोरो उतैको कुरामात्र सुनाउनु र त्यसैलाई मानिदिनुपर्ने प्रस्ताव दोहो¥याइरहनु ।
यस्तो भएपछि प्रचण्डले ‘पार्टी नेताले त पार्टी मिलाउने गरी पो कुरा गर्नुपर्छ, कुरा यस्तो छ, यसमा मानिदिनुस् भन्ने पनि कुनै प्रस्ताव हुन्छ ?’ भन्दै असन्तुष्टि पोखेका थिए ।

खासमा विष्णु पौडेल, शंकर पोखरेल र जनार्दन शर्माहरू दुई सातादेखि अवरुद्ध दुई अध्यक्षबीचको संवाद सुचारु हुनुपर्ने ध्येयसहित त्यहाँ पुगेका थिए ।
प्रचण्डले शुरुमै भने, ‘निकास निकाल्ने हो भने वार्ता गरौँ ।’ अनि, थपे, ‘केपीजीमा हामीले सोचेकोभन्दा बढी र अचम्मखालको अहं देखियो । यस्तो अहंले पार्टी र मुलुकलाई क्षति गर्नेबाहेक अर्को निकास दिँदैन ।’

त्यसपछि आइतबार र सोमबार पूर्व एमाले अध्यक्ष झलनाथ खनालको उपस्थितिबीच कुराकानी त चले । तर, निकास भने निस्किएन । बरु, दुबैतिर आ–आफ्नो ढंगका कुराकानी चलिरहेका छन् ।

विष्णु र शंकरले शनिबार ‘मंसिरमा महाधिवेशन गरौँ, तपाईं त्यही महाधिवेशनबाट अनुमोदित अध्यक्ष बन्ने’ भनी बालुवाटारको सन्देश राखेका थिए ।

तर, यति कुरा राखेर विष्णु र शंकरले सुनाए, ‘उहाँ (ओली) चाहिँ वार्ता गर्दिनँ, मेरो कुरा यही हो, यसमा मानेर जाऔँ भन्नुहुन्छ ।’ यसपछि हो, ‘दास’ भन्दै प्रचण्ड पड्किएका ।

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…