मल नपाएको भन्दै दाङमा कृषकहरू हलो जुवासहित प्रदर्शनमा

दाङ । युरिया मल पाउन नसकेको भन्दै कृषकहरू हलो जुवासहित आन्दोलन गरेका छन् । धानमा मल हाल्ने समयमा मल पाउन नसकेको भन्दै उनीहरू आन्दोलित हुनु परेको बताएका छन् ।

घोराही उपमहानगरपालिका–२ साइपुरका किसान दिलबहादुर नेपालीले धान रोपेको डेढ महिना हुन थाल्यो । करिब एक बिगाहा जमिनमा रोपेको धानमा अहिले मल टिप गर्नुपर्ने भएको छ तर उनले मल पाउन सकेका छैनन् ।

“मल नपाउँदा धान बढ्न सकेको छैन, बोट पहेलोसमेत हुन थालेको छ,” नेपालीले भने , “तर गाउँमा मल ल्याउने सहकारीमा मलका लागि जाँदा सहकारी संस्थाले मल आएको छैन भन्छ ।” उनले समय मै धानमा टिप गर्ने मल नपाउँदा मेहनत खेर जाने हो कि भन्ने चिन्ता लागेको समेत बताए ।

रामपुरकै अर्का किसान निमबहादुर चौधरीलाई पनि । धानमा टिप गर्नका लागि युरिया मल खोज्दा गाउँमै रहेको साना किसान सहकारीमा पटक–पटक गए पनि मल पाउन नसकेको उनी बताउँछन् । मल नपाउँदा मेहनत गरेर रोपेको १३ रोपनीको धानखेती खेर जाने हो कि भन्ने उनलाई चिन्तासमेत छ ।

“समय मै पानी परेकाले धान त रोपियो तर अहिले टिप गर्ने मल छैन,” किसान चौधरीले भने, “मल नपाउँदा धानको बोट बढ्नै सकेको छैन् ।” खेतमा रोपेको धानले मल खोजे पनि मल नहुँदा हाल्न नसकेको बताए । “धान रोपेको करिब एक महिना बढी भयो, महिना दिनमै युरिया मल टिप गर्नु पर्ने हो,” उनी भन्छ, “तर नपाउँदा महिना दिन बढी भइसक्दा समेत टिप गर्न पाएको छैन ।”

रोपेको धानमा टिप गर्नका लागि युरिया मल नपाएपछि किसानहरूले हलो, जुवा र फरुवा बोकेर प्रदर्शन गरेका छन् । घोराही उपमहानगरपालिका–२ रामपुरका किसानले धानमा टिप गर्ने मल नपाएको भन्दै वडा कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन किसान संघ रामपुरको आयोजनामा किसानहरूले सरकारसँग रसायनिक युरिया मल उपलव्ध गराउन माग गर्दै वडा कार्यालयको गेटमा प्रदर्शन गरेको किसान संघ रामपुरका अध्यक्ष शेरबहादुर चौधरीले बताए ।

समयमै मल नपाउँदा किसानको मेहनत खेर जाने अवस्था हुन थालेपछि आफूहरू आन्दोलन गर्न बाध्य हुनु परेको अध्यक्ष चौधरीले बताए । “धान रोपेको एक–डेढ महिना भइसक्यो, यो बेला धानलाई मल चाहिएको छ,” अध्यक्ष चौधरीले भने, “तर मल किसानहरूले पाउन सकेका छैनन् ।” उनले सरकारले धान खेतीका लागि मलको अभाव नहुने भने पनि अहिले किसानहरूले मल पाउन नसकेको उनले बताए ।

मल पाउन नसक्दा जिल्लाका विभिन्न स्थानका किसानहरू समस्यामा परेका छन् । एक महिनादेखि किसानहरूले मल नपाउँदासमेत वडा कार्यालयले मलका लागि कुनै पहल नगरेको किसानहरूले गुनासो गरेका छन् । उनीहरूले स्थानीय सरकारका रुपमा रहेको वडा कार्यालयलाई मलको लागि पहल गरी दिन आग्रह गरेका छन् ।

प्रदर्शनपछि आयोजना गरिएको विरोध सभालाई सम्बोधन गर्ने बक्ताहरूले किसानको समस्यामा ध्यान दिन सरकारलाई आग्रह गरेका थिए । किसानले समय मै मल नपाउँदा मेहनत खेर जाने अवस्था आएको भन्दै उनीहरूले जति सक्यो चाँडो युरिया मलको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका थिए ।

युरिया मल आएको छैन कृषि सामग्री लकडाउनका कारण मलको कारखाना बन्द भएकाले रासायनिक युरिया मल आउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ ।

विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मल उत्पादन गर्ने कम्पनी बन्द हुँदा भारत बाटै मल नआउँदा वैशाख र जेठ महिनादेखि नै दाङमा युरिया मल नआएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका सूचना अधिकारी सुष्मा बस्यालले जानकारी दिएकी छिन् । दाङमा धान रोप्ने समयमा किसानलाई मलको समस्या नभए पनि अहिले धानमा टिप गर्ने क्रममा रसायनिक मलको समस्या देखिएको उनले बताइन् ।

“रोपाइँको समयमा मल अभाव देखिएको थिएन तर पछिल्लो समय लकडाउनका कारण मल नआउँदा अहिले समस्या देखिएको छ,” सूचना अधिकारी बस्यालले भनिन, “मलका लागि हामीले भैरहवा सम्पर्क गर्दा भदौको पहिलो हप्तासम्म आउने जानकारी दिएको छ ।” अमरराज आचार्य /कारोबार दैनिक 

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो…

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो…

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको…

कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ…

एप्पलकै बाटो पछ्याउदै सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे । यद्यपि…

अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष…