पाकिस्तानले पनि सार्वजनिक गर्‍यो कश्मीरसहितको भूभाग समेटेर नयाँ राजनीतिक नक्सा

पाकिस्तानको संघीय मन्त्रिपरिषद्ले देशको नयाँ राजनीतिक नक्सा जारी गरेको छ । जसमा भारतको अधीनमा रहेको कश्मीर समेत समावेश गरिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मंगलबार बसेको बैठकले नयाँ राजनीतिक नक्सालाई स्वीकृति प्रदान गरेको पाकिस्तानी सञ्चारमाध्यम द न्यूजले जनाएको छ । बैठकमा खानले मुस्लिम बहुल क्षेत्रको पछिल्लो स्थितिका बारेमा समेत जानकारी गराएका थिए ।

क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘आज इतिहासको सबैभन्दा महत्वपूर्ण दिन हो ।

हामीले पाकिस्तानको नयाँ राजनीतिक नक्सा विश्वसामु प्रस्तुत गरेका छौं ।’ उनले अगाडि भने, ‘मन्त्रिपरिषद्ले नयाँ नक्सालाई स्वीकृति दिएको छ । कश्मीरी र राष्ट्रिय नेतृत्वबाट पनि यसमा समर्थन प्राप्त गरेको छ ।

नयाँ नक्शा अब स्कूल र कलेजमा पनि प्रयोग हुनेछ । उनले अवैध रुपमा भारतले कश्मीर आफ्नो नक्सामा समेटेको समेत दावी गरे ।

यसैबीच भारतीय सञ्चारमाध्यम दैनिक भास्करले पाकिस्तानले फेरि एकपटक भारतलाई आक्रोशित पार्ने हर्कत गरेको टिप्पणी गरेको छ । समाचारमा पाकिस्तानले जम्मू कश्मीरको केन्द्र शासित प्रदेश र लद्दाख पाकिस्तानको हिस्सा देखाएर नयाँ नक्सा जारी गरिएको भन्दै पाकिस्तानले यो कदम ५ अगस्टको एक दिन पहिले उठाएको उल्लेख गरेको छ ।

अघिल्लो वर्ष ५ अगस्टमा जुम्बु कश्मीरको सन्दर्भमा भारतले अनुच्छेद ३७० हटाएको थियो । भारत सरकारले नक्साबारे आधिकारिक टिप्पणी भने गरिसकेको छैन । यद्यपी पाकिस्तानको यो निर्णय अघिल्ले वर्ष अगस्ट ५ को निर्णयलाई चुनौति दिनेगरी अँएको छ ।

भर्खरै प्रकाशित

भारत अमेरिकातिर ढल्कियो, अब नेपालले के गर्छ ?

यो साता दक्षिण एशिया र दक्षिणपूर्वी एशियामा विकसित घटनाक्रमले क्षेत्रीय राजनीतिमा असन्तुलनका संकेतहरु देखिएका छन् । यो असन्तुलनको बाछिटा काठमाडौंसम्म आउने प्रष्ट संकेत देखिएको छ…

दुई अमेरिकी मन्त्रीले दबाब दिँदा पनि भारतले किनेन स’शस्त्र ड्रोन

दुई अमेरिकी मन्त्रीले स’शस्त्र ड्रोन किन्न दबाब दिए पनि भारतले त्यसलाई अस्वीकार गरेको छ। नयाँ दिल्लीमा हालै भएको टु प्लस टु मन्त्रीस्तरीय बैठकमा भारत र…

पाटनका डाक्टरले प्रधानमन्त्रीलाई लेखे पत्र- उकुसमुकुस भइसक्यो!

सम्माननीय प्रधानमन्त्रीज्यू नमस्कार ! नेपालमा कोरोना महामारी सुरू भएलगत्तै कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको पाटन अस्पतालको म एक फ्रन्टलाइन चिकित्सक हुँ। समाचारहरूमा ‘पाटन अस्पतालमा…

हङकले अमेरिकाविरुद्ध मुद्धा हाल्ने, यस्तो छ कारण !

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ। बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य…

प्रचण्ड एघार दिन पछाडि बालुवाटारमा

१५ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम्…