विदेशमा नेपालीहरू एकले अर्काको खुट्टा तान्छन्, पाइलापिच्छे ठग्न खोज्ने प्रवृत्ति बढ्दै

काठमाडौं । एक नेपाली कामदार निर्घात कु’टिएको भिडियो केही दिनअघि भाइरल बन्यो। त्यसपछि वैदेशिक रोजगारीलाई लिएर अनेक टीकाटिप्पणी भए। मलेसियास्थित नेपाली राजदूतावासले उक्त घ टनाका पीडित र पीडक दुवै नेपाली नै भएको जनाएको छ।

उक्त घ’टना क्वालालम्पुरस्थित एमथ्री मलमा ७ जुलाईमा भएको राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा जनाइएअनुसार नवलपरासीका इस्लाम हुसेनलाई कपिलवस्तुका गोमाल मुराउले कु’टेका हुन्। दुवै जना त्यहाँको अध्यागमन कानुनअनुसार अवैधानिक अवस्थामा काम गर्ने गरेको खुलेको छ।

भिडियोबारे ३० जुलाई मध्यरातमा जानकारी आउनासाथ राजदूतावासले छानबिन थालेको थियो। उसले सुरक्षागार्डसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीको छाता संगठन पीआईकेएममार्फत अनुसन्धान गरेको जनाइएको छ। पीआईकेएमले ३१ जुलाईमा प्रहरीमा उ’जुरी दर्ता गरेको थियो। राजदूतावासले घटनाको सूचना उपलब्ध गराउन सबैमा आह्वान गरेको थियो।

सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरू रहेको स्वीकार गरिसकेको दूतावासले दाबी गरेको छ। क्वालालम्पुरको वाङ्सामाजुस्थित प्रहरीले घटनाको थप अनुसन्धान गर्ने भएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले भने राजदूतावासको विज्ञप्तिलाई विश्वास गर्न नसकिने जनाएको छ। संघका महासचिव सुजितकुमार श्रेष्ठले नेपालीलाई कुट्ने व्यक्ति नेपालीजस्तो नदेखिने बताए।

‘जो भए पनि कामदार कु’ट्नेलाई कार’बाही गर्नै पर्छ’, उनले अन्नपूर्णसँग भने, ‘यसबारे हामीले पनि अनुसन्धान थालेका छौं।’ कम्पनीको बदमासी देखिए कालोसूचीमा राखी कामदार नपठाउने संघले जनाएको छ।

आप्रवासी श्रमिकसम्बन्धी अनुसन्धानकर्ता रामेश्वर नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार नेपालीबाटै ठगिने, कु’टिने गरेको बताए। यस्ता घ’टनाले सोझासाझा नेपाली थप हैरानीमा पर्ने गरेको उनको भनाइ छ। ‘नेपालीहरू समूह–समूह भई झ;गडा गर्ने, ज्यान लिन पनि पछि नपर्ने प्रवृत्ति बढ्दै गएको छ’, अनुसन्धानकर्ता नेपालले भने, ‘त्यसका पछाडि जतिसुकै कारण भए पनि कु;टपिट गर्नु अ;पराध नै हो।’

उनका अनुसार विदेशमा नेपालीहरू एकले अर्काको खुट्टा तान्छन्। पाइलापिच्छे ठग्न खोज्ने प्रवृत्ति बढ्दै गएको छ। वैदेशिक रोजगारीका नाममा आर्थिक शोषणमा पर्नुका साथै मानव बेचबिखन पनि हुने गरेको उनले बताए। ‘नेपालीहरू व्यक्तिगत भिसाका नाममा चरम आर्थिक शोषणमा परेका छन्’, उनले भने।

वैदेशिक रोजगार ऐनले एजेन्ट खारेज गरेको छ। तर, एजेन्टबाटै स्वदेशदेखि विदेशी भूमिसम्म नेपालीहरू ठगिँदै आएको अनुसन्धानले देखाएको छ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…