दाङ पुगेर डुंगा सवार गर्दै पूर्वसभामुख महरा : ज्यामिरे तालमा डुंगा सरर…

पूर्वसभामुख कृष्णबहादुर महराले दाङको घोराही उपमहानगरपालिका १३ मा रहेको ज्यामिरे ताल र आपपासका पर्यटकीय पूर्वाधारको निरीक्षण गर्नुभएको छ । बाह्र कुने दहदेखि ज्यामिरे तालसम्म बनेको ट्रेकिङ मार्गमा पैदल हिडेर उहाँले आसपासका संरचनाको निरीक्षण गर्नुभएको हो ।

सो क्रममा उहाँले ज्यामिरे तालमा डुंगाबाट जलयात्रा पनि गर्नुभएको थियो ।

घोराही उपमहानगरपालिकाको लगानीमा करीब एक हजार मिटर लम्बाइ र ३५ मिटर गहिरो कृत्रिम जलाशय बनेपछि ज्यामिरे अहिले पर्यटकीय क्षेत्रको रुपमा स्थापित भएको छ ।

जिल्लाकै स्थापित बाह्रकुने दहदेखि ज्यामिरेसम्म जोड्ने पैदल मार्ग बनेपछि यसमा अझ आकर्षण बनेको छ । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महराले गुरुयोजनाअनुसार यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

सो क्रममा घोराही १३ का अध्यक्ष रविलाल घर्ती र सदस्य केशव बिसी, घोराही १२ का अध्यक्ष राजेन्द्र बुढा, वन समिति अध्यक्ष दयाजी बुढालगायत स्थानीयले यो क्षेत्रलाई महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सरकारको अझै सहयोग आवश्यक रहेकाले पहल गरिदिन अनुरोध गरेका थिए ।

महराले घोराही १२ र १३ मा बनेका विभिन्न जलाशयको पनि निरीक्षण गर्नुभएको थियो ।

त्यसअघि उहाँले घोराही १७ स्थित निर्माणाधीन सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालय भवनको निरीक्षण गर्नुभएको थियो ।

भर्खरै प्रकाशित

भीम रावलले भने, प्रधानमन्त्रीले रअका प्रमुख भेट्नु आपत्तिजनक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)…

ब्राजिलमा कोरोनाभाइरसविरुद्धको खोप लगाएका व्यक्तिको ज्या’न गयो

अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृ’त्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका…

‘रअ’का प्रमुखले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ ।…

रअ प्रमुख प्रचण्डलाई भेटे भन्नु भ्रम हो : सचिवालय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट गरेको भन्न्नु भ्रम भएको सचिवालयले जनाएको छ। बिहीबार बिहान विज्ञप्ति…

के नेपाल आफ्नो भूमिको दावीबाट पछि हटेको हो ? नेपाल…

काठमाडौं। कालापानी लिपुलेक र लिम्पियाधुरामाथि आफ्नो दावीबाट नेपाल पछि हटेको भन्दै भारतमा खुसीयाली बढेको छ । भारतीय विश्लेषकहरुले नेपाल पछिल्लो समय भारतसँग सीमा विवाद नबल्झाउने…