चीनका परराष्ट्मन्त्री वाङ यीले फ्रान्सेली समकक्षीसँग फोन वार्ता गर्दै अहिले चलिरहेको अन्तर्राष्ट्रिय तनावका विषयमा कुराकानी गरेका छन् ।
सबै मुलुकले विश्व शान्ति तथा विकासको सुरक्षा गर्नका लागि कुनै पनि किसिमको एकपक्षीय वा प्रभुत्ववादी गतिविधिको प्रतिकार गर्नुपर्ने उनले बताए ।
वाङले स्पष्ट रूपमा अमेरिकालाई इंगित गरेका हुन् । ‘हेपाहालाई सहिरहेर तपाईं सुरक्षित रहनुहुन्न । यसले हेपाहालाई थप बहादुर बनाएर खराब काम गर्न प्रेरित गर्छ ।’
अमेरिकाले छाडा तथा उत्तेजक क्रियाकलाप गर्दै अन्तर्राष्ट्रिय कानून व्यवस्थालाई अवमूल्यन गरिरहेको वाङले बताए । उसका षड्यन्त्र सिद्धान्त र शीतयु’द्ध संकथनले विश्वलाई नै भिडन्तको स्थितिमा पुर्याएको वाङको भनाइ छ ।
चीनले यसरी स्पष्ट कुरा राखेर युरोपलाई वाशिङटनसामु दह्रो गरी उभिन चेतावनी दिएको छ । त्यसो नगर्दा संसार नर्कतिर धकेलिने वाङको भनाइ छ ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले युरोप पुगेर कम्युनिस्ट चीनविरुद्ध लोकतान्त्रिक मुलुकहरूको साझेदारी बनाउन आह्वान गरेपछि चीनको यस्तो प्रतिक्रिया आएको हो ।
पोम्पेओ र उनका मालिकहरूले कस्तो किसिमको साझेदारीको सोच राखिरहेका हुन् भन्ने कुराको झलक अमेरिका र बेलायतले चीनमाथि लगाएको एकपक्षीय प्रतिबन्धबाट नै पाइन्छ । वाशिङटनले चाहेको यस्तो हो : सोभियत संघविरु’द्ध पहिलो शीतयु’द्ध जस्तो गरी संसारलाई विभाजन र कित्ताकाट गर्ने ।
‘हामी विरुद्ध उनी’हरूको यस द्व’न्द्वमा त्रास र शंका भरपूर रहन्छ । तर त्यसले शून्यवाद र भिडन्तको स्थिति ल्याउँछ र विश्वयुद्धको सम्भावना पनि जन्माउँछ ।
अमेरिकी शासकहरू के चाहन्छन् भन्ने कुरा अब स्पष्ट भइसकेको छ । उनीहरू वाशिङटनको छत्रछायाँमा संसारभरि प्रभुत्व जमाउन चाहन्छन् ।
युरोपले चीनसँगको सम्बन्ध तोडोस् भन्ने उनीहरूको चाहना हो र दास मनोवृत्ति भएको बेलायतले त त्यो गर्न थालिसक्यो । रुसविरुद्ध प्रतिबन्ध लगाएर युरोपले पनि त्यही गरिसक्यो ।
अमेरिकाको प्रभुत्ववादी क्रियाकलपाको प्रमाण युरोपेलीहरूसँग छैन भन्न मिल्दैन । ट्रम्प प्रशासनले युरोपेली मुलुकहरूलाई आयात शुल्क लगाउने धम्की दिएको, इरान आ’णविक सम्झौता त्यागेको, रुससँग नोर्ड स्ट्रीम २ ग्यास परियोजना परित्याग गर्न धम्की दिएको अनि अमेरिकाको हतियार उद्योग तथा दिवालिया पल्टेको कर्पोरेट पूँजीवादलाई पुनः जगाउनका लागि नाटोमा बढी पैसा खर्च गर्न युरोपलाई पेलेको सबैले देखेकै छन् ।
अमेरिकाका प्रविधि कम्पनीहरूले गुप्तचर निकायसँग मिलेर युरोपका देशहरूविरुद्ध साइबर जासूसी गरेको अनि उनीहरूको सुरक्षा र सार्वभौमसत्तालाई नजरअन्दाज गर्दै गर्दा रंगेहात पक्राउ परेको सबैलाई थाहा छ । जर्मनीकी चान्सलर अंगेल मर्कललाई अमेरिकाले जासूसी गरेको थियो, चीन र रुसले हैन ।
त्यसैले चीनका परराष्ट्रमन्त्रीले युरोपेली संघलाई बताएका कुरा तथ्यगत छन् र विभिन्न घटनाक्रमले त्यसको पुष्टि गरिसकेका छन् । चीन शत्रु हैन । सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको सम्मान हुने बहुपक्षीय विश्वमा चीन एक साझेदार हो ।
शत्रु त अमेरिकाको हेपाहापन हो । युरोपको मुखैअगाडि यी तथ्यहरू विद्यमान छन् ।
यो चुनौतीको सामना गर्न युरोपेली मुलुकहरू अब के गर्छन् ? अन्तर्राष्ट्रिय कानूनको पक्षमा र अमेरिकाको साम्राज्यवादी हेपाहापनविरुद्ध उभिने हिम्मत तथा राजनीतिक इच्छाशक्ति उनीहरूसँग छ त ?
रुस, चीन र अन्य बहादुर साना मुलुकहरूले त्यसरी उभिने आँट देखाएका छन् । अनि त्यस सैद्धान्तिक अडानका लागि उनीहरूको दानवीकरण र अपमान गरिएको छ ।
युरोपका केही पिछलग्गू र कथित स्वतन्त्र सञ्चारमाध्यम वाशिङटनले तय गरेको घृणित एजेन्डा लागू गर्न लाजै पचाएर लागिपरेका छन् ।
तर त्यसो गरेर उनीहरू अन्तर्राष्ट्रिय तनावलाई चर्काउने काम मात्र गरिरहेका छन् । अमेरिकाको राक्षसी सोचलाई तुष्टीकरण गर्दै उनीहरू आफ्नै जीवन कठिन बनाइरहेका छन् ।
इतिहासमा यस्तो मोड आइसकेको छ जसबाट भाग्न अब सहज छैन । युरोपले कठोर निर्णय लिनैपर्ने हुन्छ । अमेरिकाको प्रभुत्वको प्रतिकार गर्दै विश्व सुरक्षालाई कायम गर्न युरोप तयार छ ? स्पुतनिकन्युजमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण। लोकान्तरबाट।