गाईजात्राको क्यासेट बेचेर काठमाडौमा दुईटा घर बनाए

काठमाडौं । आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको थियोे ।’

गाईजात्रा क्यासेट बेचेरै आचार्यले दुइटा घर बनाए, जुन कुरा धेरैलाई पत्यार नलाग्न सक्छ । आफूले गाईजात्रे क्यासेटको बिक्रीबाटै काठमाडौंको घट्टेकुलोमा दुइटा घर बनाएको स्मरण गर्दै आचार्यले सुनाए, ‘२०३८ सालमा मदन दाइ र मैले गाईजात्राको अवसर पारेर एक घण्टाको क्यासेट ‘यमलोकको यात्रा’ बजारमा ल्यायौं ।

जसमा एकापट्टि आधा घण्टाको ‘यमलोकको यात्रा’ र अर्कोपट्टि आधा घण्टाको प्यारालाइसिस प्रहसन राखेका थियौं ।’

उनले भने, ‘त्यो क्यासेट त्यतिबेला डेढ लाखभन्दा बढी बिक्री भयो । एउटा क्यासेटबाट ९ रुपैयाँको रोयल्टीको हिसाबले हामीले १३ लाखभन्दा बढी पैसा त्यसै वर्ष पायौं ।’

हाम्रै गाईजात्रे क्यासेटको डुप्लिकेट बनाएर बेच्ने व्यक्तिले काठमाडौंमा दुईतले घर बनाए

यसरी क्यासेट निकालेको केही महिनामै लगातार पैसा आएपछि आचार्यले सोही वर्ष घट्टेकुलोमा घडेरी किनेर घर बनाएका रहेछन् । त्यस वर्ष उनको भागमा करिब ७ लाख रुपैयाँ परेको थियो ।

त्यसपछि उनले मदनकृष्णसँग मिलेर ‘अंशबन्डा’, ‘रद्दीको टोकरी’, ‘होस्टे हैंसे’, ‘कक फाइट’लगायत थुप्रै गाईजात्रे एल्बम निकालेको स्मरणे गरे । क्यासेट बिक्रीको पैसाले फेरि अर्को घर थपेका उनले २०४८ पछि भने गाईजात्रे क्यासेट निकाल्न छाडे ।

‘हामीले बजारमा ल्याएको क्यासेटलाई रातारात कपी गरेर नक्कली बनाई बिक्री गर्ने गिरोह फस्टायो । अनि हामीले क्यासेट निकाल्न छाड्यौं र टेली फिल्म बनाउन थाल्यौं,’ उनले भने, ‘त्यतिबेला हाम्रै गाईजात्रे क्यासेटको डुप्लिकेट बनाएर बेच्ने व्यक्तिले काठमाडौंमा दुईतले घर बनाएको कुरा उसकै मुखबाट सुन्न पायौं ।’

यसरी आफ्नो पसिनामा अरू मोटाएपछि गाईजात्रा क्यासेटले विश्राम पाएको आचार्यको भनाइ छ । ‘क्यासेट बन्द गरेपछि हामीले निकालेका ‘१५ गते’, ‘रात’, ‘वनपाले’ जस्ता थुप्रै टेलीशृंखलाको अडियोलाई गाईजात्रे क्यासेटका रूपमा बनाएर बेचेको पनि पायौं । त्यसपछि सिडी आयो, अनि बिस्तारै क्यासेटको बजार पनि सकियो,’ उनले भने ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यसपटक कोरोना संक्रमण ९कोभिड–१९०का कारण गाईजात्राको अवसरमा देशव्यापी महयात्रा गर्न पाएनन् ।

सोही कारण यतिबेला गाईजात्रामा आफूलाई केही छुटिरहेको महसुस भएको आचार्यको भनाइ रहेको आजको राजधानी दैनिकमा खवर छ ।

भर्खरै प्रकाशित

क्यान्सर पिडित खनालको उपचारकालागि जापानमा दुई हप्तामै संकलन भयो साढे…

काठमाडौँ  । विद्यार्थी भिसामा जापान गएका सुदूरपश्‍चिम प्रदेश लम्किचुवा-२ कैलालीका क्यान्सर पिडित केशव खनालको उपचारका लागि जापानमा दुई हप्तामै साढे ५१ लाख रुपैयाँ संकलन भएको छ…

धुर्मुस-सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका १५ मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई…

बिपन्न परिवारमा जन्मीएका कमान सिंह थापाको ‘कार्यालय सहयोगीदेखि उपसचिव सम्मको…

दुर्गम पहाडी जिल्ला रोल्पा नगरपालिका ४ तित्रिकोटको बिपन्न परिवारमा जन्मीएका ३३ वर्षिय कमान सिंह थापामगर नेपाल सरकारको उपसचिवमा सिफारीस भए पछि गाउँ नै खुसि भएको…

यातायात कार्यालयको सोफामा भेटियो २ लाख २३ हजार रुपैयाँ

१४ माघ, जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको सोफामा लुकाएको २ लाख भन्दा बढी रुपैयाँ फेला पारेको छ । लाइसेन्स…

भाइरल सचिन : राजेश हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ…