मोदी अयोध्या आउने भएपछि नेपाल भारत सीमामा ‘हाई अलर्ट’, तालिम प्राप्त कुकुर परिचालन

कपिलवस्तु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने भएपछि रूपन्देही र कपिलवस्तुसँग सीमा जोडिएका भारतीय क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त मन्दिरको शिलान्यासका लागि आगामी साउन २१ मा मोदी अयोध्या आउँदै छन् । उनी आउने भएपछि अवाञ्छित र आ’तंकी घुसपैठ नहोस् भनेर सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

कपिलवस्तु र रूपन्देहीको सीमासँग जोडिएका भारतको सिद्धार्थनगर र महाराजगन्ज जिल्लामा सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । यी क्षेत्रबाट अयोध्या पुग्‍न सहज र नजिक भएकाले सुरक्षा निकायलाई सक्रिय बनाइएको हो । नेपाल–भारत सीमानाकामा एसएसबीका तालिम प्राप्त कुकुर परिचालन गरी जाँच थालिएको छ । दसगजामा निगरानी बढाइएको छ ।

सादा पोसाकका प्रहरीका अलावा एसएसबी, उत्तर प्रदेश प्रहरी, रेल्वे प्रहरी र सीमामा क्रियाशील गुप्तचर एजेन्सीसमेत सक्रिय रूपमा खटिएका छन् । भारतीय सीमावर्ती बजारमा साविकको भन्दा बढी गस्ती गर्न थालिएको छ । सीमा क्षेत्रसँग जोडिएका सडक, गल्ली र चोकमा आकस्मिक जाँच भइरहेको छ ।

एक भारतीय सुरक्षा अधिकारीले संवेदनशील अवस्था रहेको भन्दै सुरक्षा रणनीति बनाइरहेको बताए । उत्तर प्रदेशको गोरखपुर जोनका अतिरिक्त प्रहरी महानिर्देशक दावा शेर्पा सुरक्षा सतर्कता अपनाउन निर्देशन दिँदै सीमावर्ती सहर सुनौली, सोहरतगढ र बढनी पुगेका छन् ।

त्यहाँ उनले नेपाली सुरक्षा अधिकारीसँग समन्वय गरेर सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन भारतीय सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । उनले बढनीमा नेपाली र भारतीय सुरक्षा अधिकारीसँग संयुक्त समन्वय बैठक गरेर सुरक्षा व्यवस्था कसिलो बनाउनसमेत अनुरोध गरेका छन् ।

भारतको महाराजगन्ज जिल्लासँग जोडिएका सीमाका ३२ स्थानमा सुरक्षा निगरानी कम रहेको पहिचान गरी थप प्रहरी परिचालन गरिएको छ । कोरोना भाइरस सं’क्रमणका कारण सीमा क्षेत्र सिल भए पनि थप सुरक्षा सतर्कता अपनाइएको एसएसबीको ५० औं बटालियनका असिस्टेन्ट कमान्डेन्ट गौरवकुमार सिंहले बताए । भारतको महाराजगन्जसँग ७५ किलोमिटर र सिद्धार्थनगर जिल्लासँग नेपालको ८१ किलोमिटर सीमा जोडिएको छ ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…