नेपालले गोर्खा भर्ती बन्द गर्ने संकेत दिएपछि यसरी तरंगित भयो भारत, नेपालल किन चाहन्छ सन्धि पुनरावलोकन ?

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार गोर्खा भर्तीसम्बन्धी नेपाल, भारत र बेलायतबीच भएको सन्धिको औचित्य नरहेको बताए । उनले यो सन्धि अहिलेको अवस्थामा उपयुक्त नभएको भन्दै यसको समीक्षा गर्नुपर्ने बताए । परराष्ट्रमन्त्री ज्ञवालीको स्पष्ट संकेत थियो – सन्धिको समीक्षामा यो सन्धि अहिलेको समयमा अनुपयुक्त देखिए सन्धि खारेज समेत हुन सक्छ । नेपालले गोर्खा भर्ती बन्द गर्न सक्ने संकेत गरेसँगै यसले भारतमा नयाँ तरंग ल्याएको छ । भारतीय अखबार इण्डिया टाइम्समा यस विषयमा ‘काठमाडौंले किन गोर्खा सन्धि पुनरावलोकन गर्न चाहन्छ ?’ शीर्षमा रिपोर्ट प्रकाशित भएको छ ।

रिपोर्टमा भनिएको छ – नेपालले भारत र बेलायतसँग हस्ताक्षर गरेको १९४७ को सन्धिले ती दुई देशलाई गोर्खालीहरुलाई सैन्य सेवाका लागि लिन अनुमति दिन्छ । अहिले नेपालले यो सन्धि पुनरावलोकनको माग उठाइरहेको छ । यो वर्षको सुरुवातमा नेपालले बेलायतलाई रिटायर्ड गोर्खा सैनिकहरुले लामो समयदेखि सेवा सुविधामा विभेद भोग्नु परेको उल्लेख गर्दै पत्र लेखेको थियो ।

नेपाली मिडियाका अनुसार नेपालले सन्धिका विभेदपूर्ण व्यवस्था खारेज गर्ने वा संशोधन गर्ने योजनासहित बेलायतलाई आग्रह गरेको थियो । अहिले नेपालको द्विपक्षीय सम्झौता पुनरावलोकन गर्ने माग दुई देशबीच सीमा विवादका कारण सम्बन्ध बिग्रिएको बेला आएको छ ।

गोर्खा भर्ती सम्झौता

१८१४–१६ को नेपाल अंग्रेज यु’द्धका क्रममा इष्ट इण्डिया कम्पनीले गोर्खा सैनिकबाट भारी हताहतीको सामना गर्नुपर्यो । जसले बेलायतीहरुलाई हातमा खुकुरी लिएर ल’डेका यी यो’द्धाहरुको शौर्यलाई स्वीकार गर्न बाध्य तुल्यायो । पछि गरिएको एक शान्ति सन्धिअनुसार गोर्खालहिरुलाई इष्ट इण्डिया कम्पनीमा भर्ती हुन बाटो खुल्यो । यसैबाट पहिलो गोर्खा रेजिमेन्टको उदय भएको थियो ।

१९४७ मा भारत स्वतन्त्र भएका बेला भारतीय सेनामा १० गोर्खा रेजिमेन्ट थिए । त्यसपछि तीन देशहरुले त्रिपक्षीय सन्धि गरे जुन सन्धिले ४ गोर्खा रेजिमेन्ट बेलायती सेनामा स्थानान्तरण गर्यो । बाँकी ६ रेजिमेन्ट भारतीय सेनामै रहे । पछि बेलायती सेनाले ती ४ गोर्खा रेजिमेन्टलाई रोयल गोर्खा राइफल्सको रुपमा एकीकरण गर्यो र उसका हङकङ, मलेसिया र सिंगापुरका उपनिवेशमा तैनाथ गर्यो । यता भारतले स्वतन्त्र रुपमा सातौं गोर्खा बटालियन पोट स्थापना गर्यो ।

नेपालले १९४७ को सन्धि पुनरावलोकन गर्न किन चाहन्छ ?

नेपालले दुई देशबीच सीमा विवादका कारण सम्बन्ध बिग्रिएका बेला नयाँ द्विपक्षीय सम्झौताको माग गरेको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार १९४७ को न्धिलाई अनावश्यक र अतीतको विरासत भने । यसअघि पनि काठमाडौंले भारतीय सेनामा सेवारत गोर्खा सैनिकको विषयमा कुरा उठाएको थियो जतिबेला भारतीय सेना प्रमुख जनरल एमएम नरवणेले नेपालले अरुको उक्साहटमा नेपालले सीमाको मुद्दा उठाएको टिप्पणी गरेका थिए । नेपालले नरवणेको यो टिप्पणीले भारतीय सेनामा रहेर भारतको रक्षाका लागि ज्यान दिने गोर्खा सैनिकको भावना आहत बनाएको भनेको थियो ।

ज्ञवालीले शुक्रबार १९४७ को सम्झौताले विगतमा धेरै रोजगारी सृजना गरेको तर परिवर्तित परिप्रेक्ष्यमा यसका केही व्यवस्था संदिग्ध रहेको बताएका थिए । यो वर्षको सुरुवातमा नेपालले बेलायतलाई पनि त्रिपक्षीय सम्झौतालाई नयाँ द्विपक्षीय सम्झौताले प्रतिस्थापन गर्ने प्रस्ताव गरेको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन बेलायती समकक्षी थेरेसा मेसँग २०१९ मा लण्डनमा यो विषय उठाएपछि नेपालले आधिकारिक रुपमा बेलायतलाई पत्र लेखेको थियो ।

नेपाली मिडियाका अनुसार नेपालले सन्धिका विभेदपूर्ण व्यवस्था खारेज गर्ने वा संशोधन गर्ने योजनासहित बेलायतलाई आग्रह गरेको थियो । त्रिपक्षीय सम्झौताको शर्तमा दुवै सेनाका गोर्खा सैनिकहरुले समान शर्तहरुका आधारमा सेवा गर्नुपर्ने उल्लेख छ तर बेलायती सेनाका निवृत्त सैनिकहरुले भने आफूहरुलाई सेवा सुविधामा विभेद गरिएको आरोप लगाएका छन् ।

भारतीय सेनामा रहेका गोर्खालीहरुको सेवा सुविधा अरुको जस्तै समान छ तर बेलायतले भने गोर्खालीहरुलाई समान पारिश्रमिक र पेन्सन दिन २००७ मा मात्र सुरु गरेको थियो । गोर्खालहिरुले १५ वर्षमा निवृत्ति पाउँछन् जसअनुसार १९९३ पछि भर्ती भएकाहरुले मात्र अरुसरह सुविधा पाउँछन् । तर, पुराना निवृत्त सैनिकहरुले आफूहरुले समान सेवा सुविधाबिना सेवा गरेको अवधिको क्षतिपूर्ति माग गरेका छन् । बेलायती सेनामा १९९३ भन्दा पहिले सेवा गरेकाहरु समान सेवा सुविधाबाट बञ्चित छन् ।

विगतका वर्षहरुमा योगदान

वर्तमान समयमा बेलायती सेनाको तीन प्रतिशत गोर्खालीहरु छन् । यस वर्ष मात्र १२ हजार नेपाली युवाहरुले बेलायती सेनामा भर्ती हुनको लागि आवेदन दिएका छन् । यही समयमा कम्तमिा ३२ हजार नेपाली गोर्खालीहरुले भारतीय सेनाका ७ गोर्खा राइफल्स रेजिमेन्टमा काम गरिरहेका छन् । गोर्खा राइफल्सले तीन भारतीय सेनाका प्रमुखहरु उत्पादन गरिसकेको छ – जनरल साम मान्केशा, जनरल दलवीर सिंह र जनरल बिपिन रावत । बिपिन रावत अहिलेका चिफ अफ डिफेन्स स्टाफ हुन् । उनी स्थल सेनाप्रमुखबाट अवकाश पाएपछि सीडीएस भएका हुन् । डिसीनेपाल 

भर्खरै प्रकाशित

प्रधानमन्त्री ओलीको ब्रिफिङ : मोदीले दूत पठाउँछु भने, सामन्त पो…

काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयललाई बालुवाटारमा रातारात भेट गरेपछि विवादमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो…

प्रहरीले अनुसन्धान थालेपछि भिटेनले प्राइभेट गरे भिडिओ

भिटेन उपनामले चिनिने र्‍यापर समीर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनले युट्युबमा राखेको भिडि‌ओ प्राइभेट गरेका छन्। बिहीबार दिउँसोसम्म युट्युबको…

कैदी नभएपछि जेल बन्द गर्दै नेदरल्याण्डस्, नर्वेबाट पैँचोमा कैदी झिकाउँदै

विभिन्न खाले अ’पराधको कसुर प्रमाणित भएका दोषीहरुलाई कैदमा राख्नका लागि दुनियाँका सबैजसो देशमा जेलको व्यवस्था छ । विश्वका अधिकांश देशमा अ’पराधको दरमा बढोत्तरी भैरहेको छ…

एप्पलकै बाटो पछ्याउदै सामसुङ, स्मार्टफोनसँग चार्जर र इयरफोन नदिने

एप्पलले हालै सार्वजनिक आइफोन १२ सिरिजसँग चार्जर तथा इयरफोन नदिने घोषणा गरेसँगै आइफोन प्रयोगकर्ताहरु मात्र होइन विभिन्न स्मार्टफोन कम्पनीहरुले पनि एप्पलको आलोचना गरे । यद्यपि…

अपर्झट पुगेको प्रहरीलाई झुक्याउन जुवाडेहरू आपसमा टीकाटालो गरेको अभिनय गर्नथालेपछि

बाँकेको नेपालगञ्जवाट साढे २९ लाख रकमसहित प’क्राउ परेका दस जना जुवाडेलाई प्रहरीले सार्वजनिक गरेको छ। प’क्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का सन्तोष…