भारतकै सबैभन्दा लोकप्रिय खेल आईपीएल चीनको अगाडि घुँ’डा टेक्न बा’ध्य

काठमाडौं। भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेको छ । केही चिनियाँ एपहरु प्रतिबन्ध समेत लगाइएको छ । तर, देशको सबैभन्दा लोकप्रिय खेल क्रिकेटले भने चीनको अगाडि घुँडा टेकेको छ ।

आर्थिक कारोबारका हिसाबले विश्वकै सबैभन्दा ठूलो मानिएको क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा ठूला चिनियाँ प्रायोजकहरु यथावत रहने भएका छन् । भारतमा चीनको जति विरोध भए पनि भारतीय क्रिकेट बोर्ड बीसीसीआइले चिनियाँ प्रायोजकलाई हटाउने हिम्मत गर्न सकेन ।

यससँगै भारतमा आइपिएलको मुख्य प्रायोजक भीभोका विषयमा भारतमा तीब्र वि रोध भइरहेको छ । भीभो चिनियाँ मोवाइल कम्पनी हो र आइपिएलको मुख्य प्रायोजक हो । भीभो मुख्य प्रायोजक कायमै रहेपछि जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले आइतबार भने ‘जब देशका मानिसहरु छिमेकी देश चीनले लद्दाखमा घु’सपैठलाई मध्यनजर गर्दै चिनियाँ सामानहरुको बहिष्कार गरिरहेका थिए, त्यतिबेला आइपिएलले आफ्ना सबै प्रायोजकहरुलाई कायमै राख्ने अनुमति दियो जसमा छिमेकी देशका प्रायोजक पनि छन् ।’

अगाडि उमर अब्दुल्लाले भनेका छन् ‘बीसीसीआइ वा आइपिएल गभर्निङ काउन्सिलले ठूला चिनियाँ कम्पनीहरुसहित सबै प्रायोजकलाई कायमै राख्ने फैसला गरेको छ ।

मलाई ती बेवकुफहरुको लागि नराम्रो लाग्छ जसले आफ्नो चिनियाँ टिभीलाई आफ्नो बाल्कोनीबाट फ्याँकिदिए, यतो देख्नको लागि ।’ उमर अब्दुल्लाका अलावा स्वदेशी जागरण मञ्चले पनि बीसीसीआइको निर्णयको विरोध गरेको छ ।

मञ्चका राष्ट्रिय सहसंयोजक अश्वनी महाजनले आइपिएललाई एउटा व्यवसाय भएको र यो व्यवसाय चलाउनेहरु देशप्रति असंवेदनशील भएको र उनीहरुलाई देशको चिन्ता नभएको बताएका छन् ।

आईपीएल यूएईमा हुने तय

इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी १९ सेप्टेम्बरबाट यूएईमा हुने तय भएको प्रतियोगिताका आयोजकहरुले पुष्टि गरेका छन् । प्रतियोगिताका ५३ खेलहरु दुबई, शारजाह र अबुधावीमा खेलाइनेछ । फाइनल खेल १० नोभेम्बरमा हुने तय भएको छ ।

त्यस्तै, आइपीएलको प्लेअफको हप्तामा तीन टोली सम्मिलित महिला टी–२० च्यालेन्जको पनि आयोजना गरिनेछ । यद्यपि, अस्ट्रेलियाका विकेट किपर एलिसा हेलीलगायत थुप्रै शीर्ष महिला क्रिकेटरहरुले प्रतियोगिताको समयको आलोचना गरेका छन् ।

अस्ट्रेलियामा १६ अक्टोबरदेखि शुरु हुने महिला बिग ब्यास लिगसँग यस प्रतियोगितालाई जुधाइएको छ । चुनावका कारण सन् २०१४ मा पनि यूएईमा आईपीएलको आयोजना गरिएको थियो ।

भर्खरै प्रकाशित

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…

चीन जिम्मेवार देखिएन, यस्तै पाराले त चीनसँग व्यापार गर्न सकिँदैन…

काठमाडौं । विभिन्न बाहानामा एक वर्षदेखि नेपालसँगको व्यापार रोकेको भन्दै उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले असन्तुष्टि जनाएका छन् । उनले चीनको व्यवहारकै कारण चीनसँगकाे व्यापार…

उदयपुरकी बैअबु राई फेसबुक हेडक्वाटरकाे सिनियर सफ्टवेयर इन्जिनियर, मासिक तलव…

काठमाडौँ।  मानिसहरुको दैनिक जीवनको एउटा पद्धति नै बनिसकेको सामाजिक सञ्जाल ‘फेसबुक’को हेडक्वाटर (मुख्यालय)मा एकजना नेपाली चेली ‘सिनियर सफ्टवेयर इन्जिनियर’को रुपमा प्रवेश गरेकी छन् । उदयपुरस्थित…

करिब ५ दर्जन ऋणीको धितो लिलामी गर्दै एनआईसी एसिया बैंक

काठमाडौं । एनआईसी एसिया बैंकले करिब ५ दर्जन ऋणीहरुको धितो लिलामी गर्न प्रक्रिया शुरु गरेको छ । एनआइशी एसिया बैंकले मंगलबारमात्रै यति धेरै व्यक्तिहरुको धितो…

केपी ओलीले लडाइँ हारिसके अब भित्तामा पुर्‍याइदिन्छु : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्। मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा…