नेपाली सेनालाई बदनाम गराउदै भारतीय मिडिया, पाकिस्तानी जस्तै नेपाली सेना पनि व्यापारी

काठमाडौं। नेपाल र भारतबीच सम्बन्ध चिसिएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा निकट एक मिडियाले नयाँ प्रोपोगाण्डा सुरु गरेको छ ।

उसले नेपाली सेनालाई पाकिस्तानी सेनाको बाटोमा हिँडिरहेको टिप्पणी गरेको छ । एक नेपाली अखबारको रिपोर्ट उद्धृत गर्दै उसले नेपाली सेनाले पनि व्यापार गर्न चाहेको र ‘कर्पोरेट’ सेना बन्ने बाटोमा रहेको उल्लेख गरेको छ ।

नेपाली सेना कर्पोरेट आर्मी बन्न लागेको र यसको देशभित्रै विरोध भइरहेको नवभारत टाइम्सले लेखेको छ । नवभारत टाइम्स भाजपानिकट अखबार मानिन्छ ।

उसको रिपोर्टअनुसार नेपाली सेनाको कल्याणकारी कोषको रकम विभिन्न व्यवसायमा प्रवद्र्धकको रुपमा लगानी गर्न नेपाली सेनाले प्रक्रिया थालिसकेको छ ।

नेपालका रक्षा विशेषज्ञलाई उद्धृत गर्दै समाचारमा सेना यसरी गैरसैन्य गतिविधिमा संलग्न हुँदा व्यवसायिक रुपमा कमजोर हुने उल्ले गरिएको छ ।

पाकिस्तानी सेना पनि व्यवसायिक क्षेत्रमा संलग्न भएको रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार पाकिस्तानी सेना विभिन्न व्यवसायिक संगठनले संचालन गरिरहेका ५० भन्दा धेरै कारोबार र हाउजिङ प्रपर्टीको मालिक भएको उल्लेख छ ।

एसिया टाइम्सका अनुसार २०१६ मा पाकिस्तानी सेनाले चलाइरहेका व्यवसायको मूल्य २० अर्ब डलर थियो जो तीन वर्षमा बढेर १ खर्ब डलर पुगेको छ ।

भर्खरै प्रकाशित

केपी ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने खेलमा छन् :…

काठमाडौं। नेकपाभित्र फेरि पुरानै विवादको आगो सल्किँदैछ। यसअघि प्रधानमन्त्रीको राजीनामा मागिँदा पार्टी फुटाउने, संसद भंग गर्नेजस्ता काममा ओली अग्रसर भएसँगै विवाद समाधान गर्न एउटा कार्यदल…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…