चिनियाँ ताल फुट्ने जोखिम, नेपालीलाई सचेत रहन आग्रह

सिन्धुपाल्चोक : छिमेकी मुलुक चीनस्थित न्याल क्षेत्रमा केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ ।

त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु¥याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

“शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ । त्यसैले भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई हामीले सुरक्षित रहन आग्रह गरेका छौँ,” उनले भने ।

तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो ।

भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।

बाह्रबीसे –तातोपानी सडक अस्थायी सञ्चालन

गत असार २५ गते राति आएको बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । बाह्रबीसे नगरपालिका र भोटेकोशी गाउँपालिकाको सक्रियतामा सडक डिभिजन कार्यलय, नेपाल ट्रक कण्टेनर सङ्घ, मध्यभोटेकोशी आयोजनालगायत संस्थाको विशेष सहयोगमा सडक सञ्चालन हुन लागेको होे ।

बाढीपहिराले कटान गरेको अरनिको राजमार्गअन्तर्गत बाह्रबीसे–कोदारी सडकखण्ड हालका लागि अस्थायी रुपमा सञ्चालन गर्नयोग्य भएको छ । अरनिको राजमार्गको खुर्सानीबारी नजिकै ओडार कुना, खाग्गदलमा यसअघि नै अस्थायी रुपमा सडक मर्मत भएपछि यातायातका साधन सञ्चालन भइसकेको छ । सबैभन्दा समस्या रहेको जम्बुमा ह्युमपाइप राखेर अस्थायी रुपमा सडक निर्माण भएको सडक कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

बाढीपहिराले सबैभन्दा बढी क्षति भएको जम्बुमा ह्युमपाइप राखी तीन लाइनको कल्भर्ट निर्माण गरेर अस्थायीरुपमा सडक निर्माण गरिएको महतोले बताए । उनका अनुसार अस्थायी रुपमा यातायातका साधन सञ्चालन भएसँगै स्थायी रुपमा सडक निर्माणका लागि पनि प्रक्रिया शुरु गरिएको छ । -रासस

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…