चीन तर्फको केरुङ नाकामा भारतीय नाकाबन्दीकै झल्को, किन गर्दैछ चिनियाँ पक्षले अवरोध ?

काठमाडौं । २०७२ मा भारतले लगाएको नाकाबन्दीको झल्को यतिबेला चिनियाँ नाकामा देखिएको छ । विगतमा चीनको केरुङ नाकामा नेपालतर्फ आउन लागेका कन्टेनरहरुको लस्कर हुन्थ्यो । तर यतिबेला नाकाबाट दैनिक ४ वटा कन्टेनर मात्रै नेपाल भित्रिने गरेका छन् । त्यसमाथि पनि अधिकांश ट्रकहरु स्याउ लगायत दैनिक उपभोग्य वस्तु मात्रै छन् ।

करिब ५ महिनादेखि ठप्प भएको उक्त नाका गत असार २२ गतेदेखि निरन्तरको सञ्चालनमा आएको थियो । तर, नाका सञ्चालनमा आएदेखि नै दैनिक ४ वटा भन्दा बढी कन्टेनर चिनियाँ पक्षले छोडेको छैन ।

सामान्य अवस्थामै दैनिक औसत ३० वटा कन्टेनर प्रवेश गर्ने गरेकोमा अहिले सयौं कन्टेनर सामान नाकामा रोकिएको छ । तर आभरफ्लो व्यवस्थापन गर्नुको सट्टा चिनियाँ पक्षले साधारण अवस्थामा एक दिनमा आउने गाडी नेपाल भित्रनै १ साता लाग्ने अवस्था सिर्जना गरिदिएको छ ।

किन गर्दैछ चिनियाँ पक्षले अवरोध ?

चिनियाँ पक्षले कोरोना भाइरस संक्रमणको जोखिम र कामदारको अभावको कारण देखाएर निकै कम मात्रै ट्रक छोड्ने गरेको हो । धेरै आवतजावत गर्दा रोग सर्नसक्ने भन्दै नाकापारिका स्थानीयले अवरोध गरेको र त्यसलाई चिनियाँ भन्सार प्रशासन, स्थानीय सरकार र तिब्बत सरकारले समेत साथ दिएको बताइएको छ ।

अहिले नेपाली पक्षले भन्सार कार्यालयदेखि परराष्ट्र मन्त्रालय तहसम्म पनि छलफल गरिसकेको छ । तर अहिलेसम्म कुनै उपलब्धि भएको छैन ।

चीनतर्फ सामान लोड अनलोड गर्ने कामदारको अभाव भएको जानकारीसँगै स्वास्थ्य मापदण्ड पालना गरेर १४ दिन क्वारेन्टिनमा बसेका ३० जना नेपालीलाई आउने अनुमति दिन नेपाली पक्षले आग्रह गरेको थियो । तर यो प्रस्तावलाई पनि उनीहरुले मानेनन् ।

‘हामीले ३० जनालाई प्रवेश गर्ने अनुमति दिन भन्यौं, अझै संख्या घटाउन लेवरको समेत काम गर्नसक्ने ड्राइभरलाई पठाएर १५ जनाले व्यवस्थापन गर्नेगरी तयारी गर्यौं । तर उहाँहरुले हाम्रो कुनै कुरा सुन्न चाहनुभएन । अहिले त छिमेकीदेखि थाकेको अवस्था छु,’ रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले भने ।

खड्काले ४ वटा ट्रकमात्रै छाड्नुको कुन‌ै अर्थ नभएको भन्दै यसो गर्नुभन्दा वरु नाका नै ठप्प गरिदिए राम्रो हुने समेत बताए ।

तातोपानीको रोकिएपछि झनै तनाव

सिन्धुपाल्चोकमा आएको बाढी पहिरोपछि कोदारी राजमार्ग अवरुद्घ हुँदा तातोपानी नाकाबाट हुने आयात समेत ठप्प भयो । सो नाकामा रोकिएका ७० ट्रक स्याउ पनि त्यसपछि त्यही नाका भएर आउने भए ।

चाँडै बिग्रिने भएकोले त्यसलाई प्राथमिकता दिएर ल्याउन नेपाली पक्ष तयार भयो । तर चीनले एउटा गाडी पनि बढी छाड्न मानेन । त्यही भएर सुरुका दिनमा आइरहेको लत्ताककपडा लगायत सामानहरु आउन छाडेका छन् । दशैं तिहारको मुखमा सामान आउन नसक्दा बजारमा सामानको अभाव हुने अवस्था समेत देखिएको छ ।

सामान आउन छाड्यो, समस्यामा पर्यौं : व्यवसायी

महिनौंदेखि पारिपट्टि रोकिएका सामान नै आउन नसकेपछि व्यवसायीहरु हतोत्साहित भएका छन् । लामो समयपछि लकडाउन खुल्दा पनि व्यापार शुन्यप्राय रहेका व्यापारीहरुले दशैं तिहारदेखि अवस्थामा सुधार आउने अपेक्षा गरेका थिए । अहिले नाकामा सामान अड्किन थालेपछि उनीहरूको अर्को भरोसा पनि टुटेको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लकडाउन खुलेको र भन्सार नाका पनि एकतर्फी रुपमा खुलेको खबर सुन्दा उत्साहित भएका व्यवसायी फेरि निराश बन्नुपर्ने अवस्था आएको बताए ।

‘लकडाउन खुलेपछि व्यवसाय पुरानै गतिमा फर्किएला भन्ने सोचेका थियौं, त्यो पनि सोचेजस्तो भएन । नाका खुलेपछि सामान आउला, दशैं तिहारमा भने पनि व्यापार होला भनेको, यो गतिले त्यो पनि सम्भव देखिएन, हामीलाई साह्रै अप्ठ्यारो पर्यो,’ कटुवालले भने ।

केरुङ र रसुवागढीबीच २४ किलोमिटरको फरक छ । तर चीनले नेपालीलाई २४ किलोमिटर पारि जान समेत दिएको छैन । सामान लिएर उनीहरु आउँदा पनि उनीहरुले कोही पनि मान्छे देख्न नहुने शर्त राख्ने गरेका छन् ।

रसुवागढी नाकालाई चीनसँग नेपाल जोड्ने एकमात्र अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरिएको छ । नेपाली पक्षले यसलाई अन्तराष्ट्रिय नाकाकै मापदण्डमा सञ्चालन गरेको छ । त्यही अनुसार जोखिम न्युनीकरणका मापदण्ड समेत

लागू गरिएको भन्सार प्रमुख खड्काको भनाइ छ । तर चीनले नेपालको मापदण्डलाई मान्यता नदिँदा समस्या भइरहेको छ ।

भर्खरै प्रकाशित

केपी ओली कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने खेलमा छन् :…

काठमाडौं। नेकपाभित्र फेरि पुरानै विवादको आगो सल्किँदैछ। यसअघि प्रधानमन्त्रीको राजीनामा मागिँदा पार्टी फुटाउने, संसद भंग गर्नेजस्ता काममा ओली अग्रसर भएसँगै विवाद समाधान गर्न एउटा कार्यदल…

विदेशी च्यानल भए विज्ञापनमुक्त, क्लिन फिड नहुनेको प्रसारण बन्द

काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा…

शुक्रबार मध्यरातिबाट रोकिनेछ भारतीयसहित १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार…

दसैंमा पनि गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माण कार्य निरन्तर

चितवन । ३ अर्ब अनुमानित लागतको महत्त्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यमा अघि बढेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

प्रधानमन्त्रीलाई सामाजिक सञ्जा‍‍लमा प्रश्न- शुभकामना सन्देशमा चुच्चे नक्सा खोइ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको शुभकामना व्यक्त गर्नका लागि प्रयोग गरेको निशान छापमा रहेको नक्सालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् ।…