गायक प्रकाश सपुतको अर्को उदाहरनिय गित, भाइरल बन्दै ‘बदला बरिलै’

नेपाली पाली सांगीतिक दुनियाँ अहिले भाइरलको पछि छ । भाइरल र उच्छृङ्खल शब्दले युटुबमा राम्रो भ्यूज त पाएका छन्, तर यी गीतले नेपाली सांगीतिक क्षेत्रलाई अगाडि बढाउन मद्दत भने गर्दैनन् ।

तर, कहिलेकाही केही यस्ता गीतहरु सिर्जना हुन्छन्, जसले मानिसलाई धेरै समय सोच्न वाध्य पारिदिन्छ । गायक प्रकाश सपुतले सार्वजनिक गरेको ‘बदला बरिलै’ बोलको गीत त्यसको एउटा उदाहरण हो ।

देवी घर्तीको आवाजमा समावेश यो गीतमा प्रकाशको शब्द तथा संगीत छ । यो गीतले विशेषगरि, समाजमा बढ्दो बलात्कारको घ’टनाविरुद्ध आवाज बोलेको छ । तर, गीतका शब्द, देवीको स्वर र यसको संगीत निकै नै मर्मस्पर्शी छ । यसले, प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा नयाँ उचाई प्रदान गर्ने निश्चित छ ।

संगीत क्षेत्रमा करिअर बनाउन लागेकी एक यूवतीको करिअर कसरी एक पुरुषले बर्बाद पारिदिन्छ र उसले त्यसको बदला कसरी लिन्छे भन्ने कथा भिडियोमा बुनिएको छ । गायक सपुतले नै निर्देशन गरेको भिडियो पनि उत्कृष्ट छ ।

नायिका केकी अधिकारीले ३ घन्टाको चलचित्रमा चित्रित गर्ने आफ्नो अभिनयलाई १५ मिनेटको भिडियोमा नै सशक्त पाराले प्रस्तुत गरेकी छिन् । ध्रुव कोइरालाको नेगिटिभ अभिनयले पनि दर्शकको मन जित्छ ।

अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

१०–१५ मिनेटको गीतबाट पनि समाजलाई सशक्त सन्देश दिन सकिन्छ र हिट हुनका लागि समाजलाई नै नपच्ने खालका शब्दमा रुमल्लिएर बस्न आवश्यक छैन भन्ने बलियो उदाहरण गायक सपुतले यो गीत मार्फत प्रस्तुत गरेका छन् ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…