मलेसियामा नेपाली सुरक्षा गार्ड कु’टने व्यक्तिको पहिचान भैसक्यो : राजदूत पाण्डे

काठमाडौँ । मलेसियामा कु’टिएका सुरक्षा गार्ड नेपाली नै भएको पुष्टि भएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले कु’टिएका सुरक्षा गार्ड नेपाली भएको र उनलाई कुटने व्यक्तिको समेत पहिचान भैसकेको डिसी नेपाललाई जानकारी दिए ।

तर, अहिले नै उनको विवरण सार्वजानिक गर्न नमिल्ने पाण्डेले बताए । ‘कु’टिएका सुरक्षा गार्ड नेपाली नै हुन्,’ राजदूत पाण्डेले डिसी नेपालसँग भने, ‘तर, यसबारेमा अहिले केही पनि सार्वजानिक गर्न मिल्दैन । कुट्ने व्यक्तिको पनि पहिचान भैसकेको छ ।’

घटनाको बारेमा मलेसियन प्रहरीले अनुसन्धान गरिरहेको हुँदा अहिले विवरण सार्वजानिक गर्न नमिल्ने राजदूत पाण्डेको भनाइ छ । सोमबार यो घटना बारेमा सबै सार्वजानिक गरिने उनले बताए ।

‘यसबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अहिले नै विवरणहरु सार्वजानिक गर्दा प्रहरीको अनुसन्धान प्रभावित हुनुका साथै अन्य कुरामा पनि असर हुन्छ,’ उनले भने, ‘हामी सम्भवतः सोमबार यसबारेमा सबै कुरा सार्वजानिक गछौँ ।’ कु’टिएका व्यक्ति अहिले दूतावासको संरक्षणमा रहेको उनले बताए ।

केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोमा एक व्यक्तिले नि’र्घात रुपमा युनिफर्ममा रहेका (सम्भवतः ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कु’टेको देख्न सकिन्छ ।

भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के भन्ने ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै नि’र्घात रुपमा कु’टेको देखिन्छ । तर, कु’टाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आफ्नो ध्यानकर्षण भएको जनाउँदै अनुसन्धान सुरु गरेको थियो । दूतावासले स्थानीय प्रहरीमा अनुसन्धानको अपिल गर्दै उजुरी दर्ता गराएको थियो ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेश : प्रदेशको राजधानी भएपछि तमसुक बनाउँदै महंगोमा जग्गा…

काठमाडौं । लुम्बिनी प्रदेशको राजधानी घोषणा हुनासाथ काठमाडौं बस्दै आएका नेकपाका एक नेताका नातेदार दाङको देउखुरी पुगे । उनले मजगाउँ भन्ने स्थानमा १३ कठ्ठा जग्गा…

गम्भीर बिरामीको पनि भर्ना नलिने सरकारी अस्पताल, उपचार नगरेबापत सरकारविरुद्ध…

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का जतिसुकै गम्भीर बिरामी भए पनि पैसा छैन भने कुनै पनि अस्पतालले भर्ना नलिने भएको छ । काठमाडौंस्थित सिभिल…

हङकङले ताइवानका विमानलाई विवादित प्राटस टापुमा पुग्न लगायो रोक

हङकङले ताइवानलाई विवादित प्राटस टापुमा पुग्न रोक लगाएको छ। विवादित क्षेत्र वरपरको हवाई क्षेत्र अर्को सूचना नआएसम्म बन्द रहने बताउँदै हङकङले ताइवानलाई विवादित प्राटस टापुमा…

उपचार नपाउँदा मौलिक हक हनन, सरकारी अस्पतालले कोरोना संक्रमितबाट पैसा…

काठमाडौं ।  संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा लेखिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त…

भारतको गोप्य सेनामा काम गर्ने तिब्बती सैनिक

घरको एउटा कुनामा निमा तेन्जिङको तस्विर राखिएको छ, त्यहाँ राखिएको तेलबाट बल्ने दियोको प्रकाश त्यसमाथि परिरहेको छ । छेउको कोठामा प्राथना जारी छ जसमा घरका…