कोरोना भाइरस भ्याक्सिनको क्लिनिकल परीक्षण सक्ने पहिलो मुलुक बन्यो रुस

एजेन्सी, १७ साउन । रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन तयार गर्नेतर्फ लागेको छ । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको छ । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले आज औपचारिक रुपमा यसबारे जानकारी दिएका हुन् ।

गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकास गरिएको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएसँगै यसको वैधानिक दर्ता प्रक्रिया बढाइएको मन्त्री मुरास्कोले बताए ।

रुसी समाचार संस्था तासले मुरास्कोको भनाई उदृत गर्दै भनेको छ, ‘गामेलिया सेन्टरद्वारा विकास गरिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएको छ, भ्याक्सिन दर्ताका लागि कागजपत्रको काम बढाइएको छ ।’

रुसले अन्य दुई भ्याक्सिनको क्लिनिकल परीक्षण भइरहेको समेत जनाइएको छ । अबको आठ हप्ताभित्र क्लिनिकल परीक्षा गरिसक्ने जनाइएको छ ।

यसअघि रुस भ्याक्सिन उत्पादन गर्ने पहिलो देश बन्ने खुलिसकेको थियो । रुसले अगष्टको दोस्रो हप्ताभित्र उत्पादन गरेर प्रयोगमा ल्याउने जनाएको छ ।

रुस कोरोना भ्याक्सिन ल्याउने पहिलो देश बन्ने भएपनि यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिनुपर्नेछ । रुसभित्र भने खोपले मान्यता पाउने निश्चितप्रायः छ । उसले रुसी नागरिकमा अगष्टमै यसको प्रयोग गर्ने तयारी गरेको छ ।

सँसारभर क्लिनिकल परीक्षणमा सबैभन्दा अगाडि चारवटा कम्पनि रहेकोमा गेमिली पनि हो । गामेलियाबाहेक युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर कोरोना खोप विकासको दौडमा अगाडि छन् ।

भर्खरै प्रकाशित

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…