अमेरिकाको नीति : चीनमा सत्तापरिवर्तन गराएरै छाड्ने

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले क्यालिफोर्नियाको योर्बा लिन्डास्थित रिचर्ड निक्सन प्रेजिडेन्सियल लाइब्रेरीको मञ्चबाट स्पष्ट रूपमा ट्रम्प प्रशासनको परराष्ट्रनीतिको व्याख्या गरे ।

चीनसँग पाँच दशकसम्म इंगेजमेन्टको नीति अपनाएको अमेरिकाले अब सत्तापरिवर्तनको नीति अँगाल्ने पोम्पेओको भनाइ छ ।

औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले चीनसँग सहकार्य गर्नेछ तर न्यायिक तथा पारस्परिक हितको माग राख्नेछ ।

अमेरिकी कूटनीतिकर्मीहरूले चीनसँग सहकार्य गरेर कम्युनिस्ट पार्टीलाई सहयोग गर्ने दिन अब गए । विगतमा कैयौंपटक अमेरिकी राष्ट्रपतिहरूले चिनियाँ कम्युनिजमलाई उद्धार गरेका छन् । विशेषगरी सन् १९७२ मा निक्सनले, सन् १९८९ मा बुशले अनि सन् १९९९ मा क्लिन्टनले ।

सबभन्दा महत्त्वपूर्ण कुरा त, पोम्पेओले अब नयाँ किसिमको सहकार्य हुने बताए । ‘हामीले चिनियाँ जनताको नजिक पुग्नुपर्छ र उनीहरूलाई सशक्त बनाउनुपर्छ । उनीहरू गतिशील, स्वतन्त्रताप्रेमी छन् र चिनियाँ कम्युनिस्ट पार्टीभन्दा पूरै फरक छन् । व्यक्तिगत तहको कूटनीतिबाट त्यसको आरम्भ हुनेछ ।’

विश्लेषकहरू पोम्पेओको यो ऐतिहासिक सम्बोधन युद्धको उद्घोष हो भन्छन् । अमेरिकाले चिनियाँ जनतासँग सीधा संवाद गर्ने कुराले चीनको असुरक्षित नेतृत्वको सातो उडाउँछ । त्यसैले चीनका शासक सी चिनफिङका लागि पोम्पेओका शब्द यु’द्धको उद्घोषभन्दा कम छैनन् ।

अमेरिकामा धेरैजना अहिले नयाँ शीतयु’द्धको कुरा गरिरहेका छन् । तर त्यो बेइजिङको संकथन हो र पर्याप्त पनि छैन । चीनले सोभियत संघको पतनदेखि नै यसको कुरा गर्दै आइरहेको छ । अमेरिकीहरू मात्र अहिलेसम्म त्यसप्रति बेखबर थिए ।

चीनविरुद्धको संघर्षमा केही कुरा नयाँ छ भने अमेरिकीहरूले कम्युनिस्ट पार्टीको चुनौती अमेरिकालाई रहेको समझ बल्ल आएको छ र उनीहरू यस विषयमा केही गर्न खोज्दैछन् ।

अमेरिकाले अहिले बुझ्न खोजेको भए पनि चुनौतीको आधारभूत प्रकृतिका विषयमा पूर्ण सचेतना आएको छैन । चीनको प्रभुत्वलाई मात्र नभई चीनको शासनलाई सबैले स्वीकार गर्नुपर्ने सीले सोच्ने गरेका छन् । उनी आकाशमुनिको सबै ठाउँमा शासन गर्ने अधिकार र जिम्मेवारी चीनको शासकको हुन्छ भन्ने राजवंशकालीन सोचलाई पुनः जगाउन कोशिश गरिरहेका छन् ।

त्यसैले सी अमेरिका तथा वेस्टफालियन अन्तर्राष्ट्रिय प्रणाली दुवैको अस्तित्वमै खतरा हुन् । चीनलाई फेरि एक क्रान्तिकारीले शासन गरिरहेका छन् ।

अमेरिकीहरूले चीनको श त्रुतापूर्ण सोच बुझ्न ढिलो गरे । बेइजिङले अमेरिकाविरुद्ध चलाएको गलत सूचना अभियान नै उनीहरूको दोहोरो चरित्र र बदमासी स्पष्ट पारेको छ ।

अहिलेसम्म अमेरिकी संस्थापनले बेइजिङलाई परम्परागत कूटनीतिमार्फत व्यवहार गर्न सकिने ठानेको थियो ।

अमेरिकाले दशकौंसम्म सोचविचारपूर्ण रणनीति अपनाएको भए पनि त्यसले सी चिनफिङको नेतृत्वमा रहेको सैन्यीकृत शासनसँग व्यवहार गर्न सकेको छैन ।

चीनको सैन्य आ’क्रा’मकता तर्साउने किसिमको छ । चिनियाँ सेना र देशको नागरिक नेतृत्व समेत रग त बगाउन उद्यत देखिन्छ ।

बेइजिङले अहिले संसारभरि वुल्फ वारियर डिप्लोमेसी अर्थात् आ क्रा मक कूटनीति अपनाइरहेको छ । यसलाई परास्त गर्न निकै दह्रो जवाफ फर्काउनुपर्नेछ ।

चीनका सम्बन्धमा प्रतिमान परिवर्तन ल्याउने बेला भएको छ । ‘स्वतन्त्र राष्ट्रहरूले काम गर्ने समय आइसकेको छ,’ पोम्पेओले भने ।

पोम्पेओको यो भाषणमा हामी ‘बर्लिनको पर्खाल भत्काऔं’ भन्ने नाराको प्रतिध्वनि पाउँछौं । सबै कुरा दाउमा हुँदा र एक क्षण पनि गुमाउन नहुने अवस्था रहँदा हामीले त्यो नारा सुनेका थियौं ।

नेसनल इन्टरेस्टमा प्रकाशित गोर्डन चाङको विश्लेषण

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…