भारतले हालै किनेको राफेल र चीनको जे– २० मध्ये कुन लडाकु विमान शक्तिशाली ?

पछिल्लो समय भारत र चीनबीच सीमा वि’वाद जारी छ। गत जुन १५ मा सिमानाको विषयलाई लिएर भारतीय र चिनियाँ सेनाबीच झ’डप नै भएको थियो।

भारतको लद्दाख राज्य नकिकैको विवादित क्षेत्र गलवान उपत्यकामा भएको उक्त झ’डप’का क्र’ममा २० भारतीय सेनाको मृ’त्यु भएको थियो।

भारतले चीनका ४० सेनाको मृ’त्यु भएको दाबी गरेपनि चीनले भारतको दाबीलाई अस्वीकार गरेको थियो। हाल भारत र चीनको सेनास्तरीय वार्ताहरु भइरहेका छन्। वार्ताले दुई देशको सीमा विवाद साम्य बनाउने उद्देश्य राखेको छ।

यसबीचमा भारतले सीमा नजिकको एयर बेसमा यु’द्धक विमानहरु बढाएर तैनाथ गर्ने बताएको छ। बेइजिङले पनि अत्याधुनिक हतियारहरु सीमा नजिक तैनाथ गरेको चिनियाँ संचारमाध्यमले जनाएका छन्।

चीनसँगको सीमा विवाद जारी रहँदा भारतले फ्रान्सबाट राफेल यु’द्धक विमानहरु भित्र्याइरहेको छ।

सोमबार मात्र भारतले खरिद गरेका राफेल यु’द्धक विमानहरु फ्रान्सबाट भारका लागि उडेको छ। यी विमानहरु बुधबार भारत आइपुग्नेछन्।

भारतले सन् २०१६ मा फ्रान्सलाई ३६ वटा राफेल यु’द्धक विमान बनाउन भनेको थियो। सोही विमानहरु हाल तनाव बढीरहँदा भारतमा भित्रिरहेका हुन्।

भारतले मुख्यगरी राफेल यु’द्धक विमानको प्रयोग गर्दै आएको छ। यो नै भारतको सबैभन्दा अत्याधुनिक र शक्तिशाली यु’द्धक विमान हो।

चीनले सुखोइ एसयू–२७, एसयू–३० एमकेके, एसयू–३५एस, छेन्दु जे–७, छेन्दु जे–१० जस्ता यु’द्धक विमानहरु प्रयोग गर्दछ। चीनको छेन्दु जे–20 विमानलाई भने चीनको सबैभन्दा परिस्कृत विमानको रुपमा लिइएको छ।

राफेल र जे–ट्वान्टी दुवैले क्षे’प्यास्त्रजस्ता शक्तिशाली हतियार बोकेका हुन्छन्।

राफेल

राफेल र जे–ट्वान्टी यु’द्धक विमानको तुलना

भारतले प्रयोग गर्ने फ्रान्समा बनेको राफेल यु’द्धक विमान ४.५ जेनेरेसनको विमान हो। यसमा दुईवटा इन्जिन छ र यो बहुभूमिका निर्वाह गर्नसक्ने विमान हो।

चीनको जे–ट्वान्टी पाँचौ जेनेरेसनको यु’द्धक विमान हो। यसमा पनि बहुभूमिका निर्वाह गर्नसक्ने सामथ्र्य छ। साथै यसमा ट्वीन जेट, अल–वेदर र स्टिल्थको सुविधा छ।

राफेलले एकपटक उडान भेरेपछि लगातार ३७ सय किलोमिटर उड्ने क्षमता राख्दछ तर जे–ट्वान्टी विमानको रेन्जको बारेमा कुनै जानकारी दिइएको छैन।

चीनको जे–ट्वान्टीले प्रतिघण्टा २२ सय २३ किलोमिटरको दुरी पार गर्ने चिनियाँ अधिकारीहरु बताउँछन्। उता राफेलले एक घण्टामा २१ सय ३० किलोमिटरको दुरी पार गर्दछ।

यस्तै जे–ट्वान्टी २० हजार मिटरको उचाइमा उड्न सक्छ भने राफेल १५ हजार २३५ मिटरसम्म उड्ने जनाइएको छ।

जे–ट्वान्टीको लम्बाई २०.४ मिटर हो भने राफेलको लम्बाई १५.२७ मिटर हो। चौडाइमा पनि जे–ट्वान्टी ठूलो छ। यसको चौडाई १३.५ मिटर छ भने राफेलको चौडाई १०.८ मिटर छ।

यु’द्धक विमानमा भएका राडर प्रणालीले दु’श्मनका विमानको क्षेत्र र अवस्थालाई पत्ता लगाउन सकिन्छ। चीनको जे–ट्वान्टीमा कस्तो राडर प्रणालीको प्रयोग गरिएको छ भनेर जानकारी दिएको छैन।

यद्यपी चीनले यस विमानमा एइएसए प्रणाली जडान गरेको अनुमान गरिन्छ। यही राडर प्रणाली राफेलमा पनि जडान छ। यो प्रणाली विश्वकै अत्याधुनिक राडर प्रणाली हो।

राफेलमा स्पेक्ट्रा प्रणाली पनि रहेको बताइएको छ। यसले आकाश र जमिनबाट उत्पन्न ख’तरा’बारे सचेत गराउँछ। यसकारण राफेललाई आ’क्रमण गरेर खसाउन गाह्रो हुने बताइन्छ।

जे–ट्वान्टी यु’द्धक विमानलाई यु’द्धभूमिबारे ३६० डिग्रीको जानकारी हुन्छ साथै यस विमानमा चिनियाँ सैन्य भूउपग्रहको डेटाहरु पनि उपलब्ध भएको बताइन्छ।

दुवै यु’द्धक विमानले आकाशमा राम्रो मार हान्न सक्छन् भने भूमिमा भएको यु’द्धलाई पनि सहयोग गर्न सक्छन्। यी दुवै विमानले क्षेप्यास्त्रहरु बोकेका हुन्छन्।

जे–ट्वान्टीले पीएल–१५ एएएम मिसाइल बोकेको हुन्छ। यसले २ सय किलोमिटरसम्म पुगेर मा’र हान्नसक्छ भने यो प्रतिघण्टा ४९ सय ३९ किलोमिटरको रफ्तारमा लक्षित उद्देश्यतर्फ अगाडि बढ्छ।

उता राफेलमा मेटिअर मिसाइल हुन्छ। जसले १५० किलोमिटरको दुरीसम्म पुगेर मा’र हान्नसक्छ यस्तै यो प्रतिघण्टा ४२ सय ४८ किलोमिटरको रफ्तारमा लक्षित उद्देश्यतर्फ अगाडि बढ्छ।

जे–ट्वान्टी

चीनको जे–ट्वान्टी यु’द्धक विमानमा स्टिल्थको क्षमता छ। यसको मतलब दु’श्मनको राडरमा यस विमानलाई ट्र्याक गर्न गाह्रो हुन्छ। राफेलमा स्टिल्थ प्रविधि जडान गरिएको छैन तर यस विमानलाई पनि दु’श्मनले ट्र्याक गर्न गाह्रो हुने दाबी गरिएको छ।

यसअघि अमेरिकाले पनि आफ्नो यु’द्धक विमानमा स्टिल्थ प्रविधि जडान गरेको बताएको थियो। तर सन् २००९ मा यूएइमा भएको मानवरहित सैन्य अभ्यासमा राफेलले अमेरिकी विमानलाई ट्र्याक गर्न सफल भएको थियो।

चीनको जे–ट्वान्टी विमानलाई शक्तिशाली भनिएपनि यो युद्धक विमानले कुनै यु’द्धमा भाग लिएको छैन। तर भारतले प्रयोग गर्ने फ्रान्सको राफेल विमान विभिन्न यु’द्धमा सफल र शक्तिशाली सावित भएको छ।

राफेल विमान अफगानिस्तान, लिबिया, माली, इराक तथा सिरियाली यु’द्धमा प्रयोग भएका छन्।

भारतका पूर्व हवाई सेना तथा पाइलट धिरज कुकरेजाका अनुसार चीनले दाबी गरेजस्तो जे–ट्वान्टी विमान शक्तिशाली नहुनसक्छ।

उनका अनुसार चीनले यु’द्धक विमानको इन्जिन बनाउन रुसको सहायता लिन्छ र भारतीय राडरले चिनियाँ यु’द्धक विमानहरु ट्र्याक गर्न सफल पनि भएका छन्।

चीनको जे–ट्वान्टी यु’द्धक विमान शक्तिशाली भए उनीहरुले रुसमा निर्मित एसयू–३५ जस्ता विमानहरु प्रयोग नै नगर्ने पनि भारतका विज्ञहरु बताउँछन्। (एजेन्सीहरुको सहयोगमा)

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…