नेपालले दियो भारतलाई गोर्खा भर्ती बन्द गर्ने संकेत, निरर्थक सम्झौताको समीक्षा गरिन्छ : परराष्ट्रमन्त्री

काठमाडौं। भारतसँग सीमा विवादका बीच नेपालले अब भारतीय सेनामा गोर्खासैनिकको भर्तीको विषयमा गरिएको सम्झौताको समीक्षा गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो सम्झौताका केही प्रावधान संदिग्ध भएको बताउँदै १९४७ मा गरिएको यो सम्झौता निरर्थक भएको बताएका छन् । नेपालमा यसअघि पनि नेपालीहरुलाई गोर्खा सैनिकमा भर्ती हुन रोक लगाउनुपर्ने आवाज उठ्दै आएको छ ।

समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन् ‘भारतीय सेनामा गोर्खालीको भर्ती अतीतको विरासत हो । नेपाली युवाहरु विदेश जानको लागि यो पहिलो ढोका थियो । यसले अतीतमा समाजमा धेरै रोजगारीको सृजना गर्यो तर बदलिएको सन्दर्भमा केही प्रावधान संदिग्ध छन् । १९४७ को त्रिपक्षीय सन्धि निरर्थक भएको छ ।’

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती हुन रोक लगाउन माग गरेको थियो । उसले चीनसँग विवादका बीच भारतले नेपालीहरुलाई सीमामा तैनाथ गर्न चाहेको भन्दै भारतसँग पनि नेपालीलाई चीनसँगको सीमा क्षेत्रमा यु’द्धका लागि नपठाउन माग गरेको थियो ।

नेपाल एक स्वतन्त्र देश भएकोले भारतीय सेनामा काम गर्ने नेपाली युवालाई तेस्रो मुलुकविरुद्ध प्रयोग गर्न नहुने र यो नेपालको असंलग्न विदेश नीतिविरुद्ध भएको नेकपाले बताएको थियो ।

सेनामा गोर्खाली सैनिकको छुट्टै महत्व छ । भारतका पहाडी षेत्रमा धेरैजसो गोर्खाली जवान नै तैनाथ रहन्छन् । पहाडमा गोर्खालीजत्तिको कुशलतापूर्वक यु’द्ध अरु कसैले ल’ड्न नक्ने पनि भन्ने गरिन्छ । भारतमात्र होइन बेलायतमा पनि गोर्खा सैनिकको छुट्टै रेजिमेन्ट छ । गोर्खालीको बहादुरीका कहानी विश्वभर प्रसिद्ध छन् । भारतका पूर्व सेना प्रमुख स्याम मानेक्शाले भनेका थिए ‘यदि कसैले मृ’त्युसँग डराउँदिन भन्छ भने या त ऊ झुट बोलिरहेको छ या त ऊ गोर्खाली हो ।’

गोर्खाली सैनिकको मुख्य हतियार खुकुरी हो र यो नै गोर्खालीको पहिचान हो । गोर्खा रेजिमेन्टका सैनिकलाई प्रशिक्षणपछि अनिवार्य रुपमा खुकुरी दिइन्छ । गोर्खाली सैनिक शारीरिक र मानसिक रुपमा निकै मजबुत हुन्छन् । भारतीय सेनामा ४२ हप्ताको कडा प्रशिक्षणपछि गोर्खाली सैनिक पोस्टिङमा जान्छन् । गोर्खाली बिना हतियार आमने–सामनेको युद्धमा निकै कुशल मानिन्छन् ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…