चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई यस्तो संदेश

नेपाल र चीनका शीर्ष नेताले विकासको रणनीतिक साझेदारी बढाउँदै सहकार्य थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं बर्षका अबसरमा सन्देश आदनप्रदान गर्दै दुईदेशका राष्ट्रपति, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरुले बिगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा प्रतिबद्धता जनाएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले यो क्षेत्रको विकास र स्थायित्वका लागि नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

नेपाल र चीनबीच २०१२ साउन १७ गते (१९५५ अगस्ट १ ) औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । परराष्ट्र मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपति सीले नेपाली समकक्षी भण्डारीलाई पठाएको सन्देशमा भनेका छन्, ‘दुई देशले कूटनीतिक सम्बन्ध स्थापनायता एकअर्कालाई समान व्यवहार गरेका छन्, राजनीतिक-पारस्परिक विश्वास सुदृढ गरेका छन् तथा पारस्परिक लाभ हुने गरि सहकार्य गहिरो बनाउँदै लगेका छन् ।’ सीले नेपालसँग सम्बन्ध सुदृढ गर्न बिभिन्न क्षेत्रमा थप सहकार्य हुने विश्वास पनि व्यक्त गरेका छन् । उनले यो क्षेत्रको स्थायित्व र विकासका लागि सकारात्मक योगदान दिने, दुई देशका जतालाई धेरै भन्दा धेरै लाभ पुर्‍याउने गरी नेपालसँग सहकार्य गर्ने इच्छासमेत व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङलाई पठाएको सन्देशमा दुई देशको बलियो मित्रताको आधार आगामी दिनमा थप बलियो हुने उल्लेख गरेकी छन् । राष्ट्रपति भण्डारीले समकक्षी सीको गत बर्ष असोजमा भएको राजकीय भ्रमणमा दुई देशबीच भएको ‘विकास र समृद्धिका लागि चिरस्थायी मित्रतासहितको सहकायको रणनीतिक साझेदारीको तहमा माथि उठाउने निर्णयको स्मरण पनि गरेकी छन् ।

समकक्षी सीको निमन्त्रणामा भएको आफ्नो चीन भ्रमणका बेला दुई देशबीच भएका सहमति तथा समझदारीहरुको पनि उनले स्मरण गरेकी छन् । राष्ट्रपति भण्डारीले चीनद्वारा हासिल भएको प्रगति तथा समृद्धिको प्रशंसा गर्दै चीनको शताब्दीय लक्ष्य सफलताका लागि शुभकामनासमेत दिएकी छन् । चीनले नेपाललाई कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि गरेको सहयोगप्रति पनि आभार व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पनि राष्ट्रपति सी तथा उनका समकक्षी ली खछियाङलाई बेग्लाबेग्लै सन्देश पठाएर कूटनीतिक सम्बन्ध स्थापनाको ६५औं बर्षगाँठको अबसरमा बधाई दिएका छन् ।

दुई देशबीच युगौँदेखि रहँदै आएको गहिरो र सौहार्द्धपूर्ण सम्बन्धको चर्चा गर्दै प्रधानमन्त्री ओलीले नेपालले सधैँ एक चीन नीति अबलम्बन गरेको र चीनले सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको गत बर्षको भ्रमण तथा प्रधानमन्त्रीका रुपमा आफ्नो २०१६ र २०१८को भ्रमण स्मरण गर्दै त्यसक्रममा भएका सहमति कार्यान्वयनको प्रतिबद्धता पनि दोहोर्‍याएका छन् ।

‘ती भ्रमणहरुमा भएका पूर्वाधार विकास तथा कनेक्टिभिटी बिस्तार, पारबहन तथा यातायात सम्बन्धी सम्झौता र त्यसको प्रोटोकलमा सहमति, सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्यनजस्ता बिषयहरु दुईपक्षीय सहकार्य विस्तारमा उल्लेखनीय रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ’ परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)ले नेपालको हिमालय सीमापार बहुआयामिक कनेक्टिभिटी नेटवर्क अन्तर्गत विकासका एजेन्डा अघि बढाउन महत्वपूर्ण मञ्चका रुपमा विकासको प्रस्ताब गरेको प्रधानमन्त्री ओलीले सन्देमा उल्लेख गरेका छन् ।

चीनका प्रधानमन्त्री ली खछियाङले प्रधानमन्त्री ओलीलाई पठाएको बधाई सन्देशमा दुई देशबीच हिमाल र नदीले जोडिएका दुई छिमेकी भएको चर्चा गरेका छन् ।प्रधानमन्त्री लीले कूटनीतिक सम्बन्ध स्थापनाको ६५ बर्षमा नेपाल-चीन सम्बन्ध र सहकार्य निरन्तर र स्थायीरुपमा मजबुत भएको सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री लीले नेपालसँग विभिन्न क्षेत्रमा बुहआयामिक सहकार्य विस्तार गर्ने, बेल्ट एण्ड रोडमा सहकार्य बढाउँदै नेपाली पक्षसँग सम्बन्ध नयाँ उचाईमा पुर्‍याउने गरी सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि चीनका स्टेट काउन्सिलर समेत रहेका समकक्षी वाङ यीलाई पठाएको सन्देशमा दुईपक्षीय सम्बन्ध मजबुत बनाउन वाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् । नेपाल-चीन सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने र नयाँ उचाईमा पुग्ने पनि परराष्ट्रमन्त्री ज्ञवालीले विश्वास व्यक्त गरेका छन् ।

उनलाई पठाएको बधाई सन्देशमा चिनियाँ स्टेट काउन्सिलर यीले समकक्षी ज्ञवालीसँग आपसी संचार तथा सहकार्य सुदृढ गर्ने, शीर्ष नेताहरुबीच भएका सहमति कार्यान्वयन गर्ने तथा विकास र समृद्धिका लागि चीरस्थायी मित्रतासहित विकासका लागि नेपाल-चीन रणनीतिक साझेदारीको विकासमा सकारात्मक योगदान गर्ने इच्छा व्यक्त गरेका छन् ।

भर्खरै प्रकाशित

हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विदाई सम्बोधनको क्रममा आफूहरुले थालेको आन्दोलन बल्ल सुरु हुन थालेको बताएका छन् । एक भिडियो सम्बोधनमा ट्रम्पले भनेका…

नेपाल जतिसुकै भारत विरोधी भएपनि हामी नेपालसंग शत्रुताको कल्पना पनि…

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएको भन्दै भारतको आलोचना भइरहेका बेला भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग शत्रुता कल्पना पनि गर्न नसकिने बताएका…

चीनको अर्को चमत्कार : प्रतिघण्टा ६ सय २० किलोमिटर कुद्न…

एजेन्सी । चीनले नयाँ हाई स्पिड रेलको प्रोटोटाइप अर्थात् डिजाइन सार्वजनिक गरेको छ । यो रेल ६ सय २० किलोमिटर प्रति घण्टासम्मको गतिमा कुद्न सक्ने…

भारतले आजबाट नेपाललाई अनुदानमा खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या…

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

नागरिक एपको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको छ। धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली…