अमेरिकाले पनि टिकटकमाथि प्रतिबन्ध लगाउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमाथि अमेरिकामा प्रतिबन्ध लगाउने बताएका छन् । उनले स्थानीय समय अनुसार शनिबार राति पत्रकारसँग टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भएको र आफूसँग सो अधिकार रहेको बताएको सिएनएनले जनाएको छ ।

ट्रम्पले पत्रकारसँग भनेका छन्, ‘टिकटकका सम्बन्धमा रहेको चासोका बारेमा बताउनु पर्दा, हामी अमेरिकामा त्यसमाथि प्रतिबन्ध लगाउँदै छौँ ।’

त्यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार वा कार्यकारी निर्देशनको प्रयोग गर्न सक्ने ट्रम्पले बताए । तर त्यस्तो आदेश कस्तो खालको हुनेछ भन्ने स्पष्ट भएको छैन ।

ट्रम्प प्रशासनमा कार्यरत अधिकारीहरुले राष्ट्रपति ट्रम्पले टिकटक सञ्चालक चिनियाँ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटकको सञ्चालन अधिकारी बेच्न बाध्य पार्ने खालको आदेशको तयारी गरेको बताएका छन् ।

विदेशीको स्वामित्वमा रहेको टिकटक राष्ट्रिय सुरक्षामा खतरा हुन सक्ने भएको भन्दै नीति निर्माताले चासो व्यक्त गरेकाले ट्रम्पले त्यस्तो निर्णय लिने तयारी गरेको स्रोतलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…