भारतको सिको गर्दै जापानद्वारा पनि टिकटकमाथि प्रतिबन्ध !

१४ किलो चाँदी र आधा किलो सुन प्रकरण रहस्यमय बन्दै गएको छ। सुन प्रकरणको अनुसन्धानका क्रममा घटनास्थल नक्कली बनाएको खुलेपछि घटना शंकास्पद बनेको हो।

सो प्रकरणपछि प्रहरीमाथि नै प्रश्न उब्जिन थालेको छ।लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथि जापानले समेत प्रतिबन्ध लगाउने सम्भावना बढेको छ ।

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका हुन् ।

जापानी प्रयोगकर्ताका डाटाहरु अन्ततः टिकटकमार्फत् चिनिया सरकारको हातमा पुग्ने गरेको भन्दै आलोचना भएसँगै जापानको सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने सोँचमा पुगेको बताइएको छ ।

जापानका आर्थिकमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सत्तारुढ दलका सांसदहरुको एक समूहले मंगलबार भएको एक बैठकमा टिकटकविरुद्धको कदम अगाडि बढाउने निर्णय गरेको छ । आगामी सेप्टेम्बर सम्ममा सो सम्बन्धी प्रस्ताव सरकार समक्ष पेस गर्ने निर्णय सांसदहरुकेा टोलीले गरेको छ ।

गत महिना भारतले प्रतिबन्ध लगाएसँगै टिकटक आलोचनाको सिकार हुँदै आएको छ । अमेरिकाले समेत टिकटकमाथि बन्देज लगाउने तयारी गरिरहेको बताइएको छ । त्यस्तै अष्ट्रेलिया सरकारले समेत टिकटकमाथि कडा कदम चाल्ने सम्भावना रहेको बताइन्छ ।

उता टिकटकले भने प्रयोगकर्ताका डाटाहरु चीन सरकारलाई उपलब्ध गराउने दाबी खारेज गर्दै आउको छ । अहिले सम्म चीन सरकारले प्रयोगकर्ताका डाटा उपलब्ध गराउन आग्रह नगरेको र आग्रह गरिहाले पनि उपलब्ध नगराइने टिकटकले स्पष्ट पारिसकेको छ । एजेन्सी

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेश सरकारले विश्वासको मत लिने तयारी गरेको छ । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार…

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र…

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन्…

उच्च अदालतबाट पनि पाए पूर्वसभामुख महराले सफाइ

काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई ब’ला’त्कारको प्रयास गरेको आ’रोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई…

पब्जी र फ्री’फायर तत्काल बन्द गर्न सांसद आशाकुमारीको माग

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री’फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले…

राज कुन्द्राका कारण प्रहरीसामु शिल्पा शेट्टी चिच्याई–चिच्याई रोइन्

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा एडल्ट फिल्म बनाएको आरोपमा प्रहरी कब्जामा छन् । राज कुन्द्रा खासमा व्यवसायी हुन् । भारतका धनाड्य व्यक्तिको सूचीमा उनको…