सादा पोशाकमा कार्यरत जवान घरमा पनि सुन भेटिएपछि प्रहरीतिरै घुम्यो शंकाको सुई

काठमाडौं । १४ किलो चाँदी र आधा किलो सुन प्रकरण रहस्यमय बन्दै गएको छ। सुन प्रकरणको अनुसन्धानका क्रममा घटनास्थल नक्कली बनाएको खुलेपछि घटना शंकास्पद बनेको हो। सो प्रकरणपछि प्रहरीमाथि नै प्रश्न उब्जिन थालेको छ।

काठमाडौंको कमलादीमा बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले पिछा गरेको दाबी गरे पनि प्रहरीलाई नै तस्करी समूहले सुन्धाराको आकाशे पुलमा प्रहरीलाई सुनको झोला दिएको खुलेको छ।

आकाशे पुलमा प्रहरी जवान बहादुरसिं कठायतले तस्करीले दिएको झोला लिएर महानगरीय प्रहरी वृत दरबारमार्गका डीएसपी रन्जन दाहाललाई दिए। उनले उक्त झोला आफु चढ्ने गाडीमा हाले। तर प्रहरीले भने तस्करीले झोला फालेर हिँडेको दाबी गरेको छ।

दाहाललाई सुन आउँदैछ भन्ने पहिलो सुराकी दिएका थिए दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत जवान प्रशन्‍न श्रेष्ठले। तर प्रहरीलाई झोला दिएर हिड्ने तस्करीलाई प्रहरीले किन समाएन? प्रहरीमाथि नै शंका उब्जिएको छ। यसबारेमा बुझ्‍न खोज्दा महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता राजकुमार केसीले सुन प्रकरणमा छानबिन भइरहेको अन्‍नपूर्ण अनलाइनसँग बताए।

प्रहरी जवानको डेरामा सुन

दरबारमार्ग वृत्तमा सादा पोशाकमा कार्यरत जवान प्रशन्न श्रेष्ठको सुराकीको आधारमा प्रहरीले सुन अप्रेशन गरेको थियो। तर सुनमान ‘गोलमाल’ भएको शंकापछि प्रहरीले सुराकी दिनेहरुमाथि नै छानविन थालेको छ। यो प्रकरणमा प्रहरीको सक्रियता नै शंकास्पद देखिएपछि दरबारमार्ग प्रहरीमाथि नै अनुसन्धान भइरहेको बेला त्यहाँ कार्यरत प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा सुनको एउटा ‘विस्कुट’भेटिएको छ। १५ किलो ‘सुन’ प्रकरणको छानबिनका एक उच्च अधिकारीका अनुसार शुक्रबार प्रहरी जवान श्रेष्ठको घरमा पहेलो धातु भेटिएको हो।

त्यो सुन हो वा होइन भन्ने एकिन भने हुन बाँकी नै छ। श्रेष्ठका डेरामा भेटिएको धातु १५ किलोमध्येकै हो वा अन्य हो भन्ने विषयमा अनुसन्धान भइरहेको ति अधिकारीको भनाइ छ। सुन प्रकरण शंकास्पद देखिएपछि बिहीबार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी दाहाललाई सरुवा गरिएको थियो। उनलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान पठाइएको हो।

प्रहरी अपरेशनमा समन्वय नगरेको र दाहालको कार्यशैलीमाथि नै छानबिन भइरहेकाले प्रमाण लोप गर्न सक्ने आशंकामा सरुवा गरिएको प्रहरीको भनाइ छ।

दाहाललाई प्रहरी प्रतिष्ठानमा ताने लगत्तै त्यहाँका डीएसपी रामेश्वर पौडेललाई दरबारमार्गको प्रमुखको जिम्मेवारी दिइएको छ। शुक्रबार त्यहाँ कार्यरत प्रहरी जवानको डेरामासमेत पहेलो धातु देखिएपछि प्रहरीकै मिलेमतो रहेको आशंका बढेको छ।

मंगलबार मात्र प्रहरीले कमलादीबाट एउटा झोलामा १५ किलो पहेँलो धातु बरामद गरेको थियो। एउटा झोलामा बरामद धातु मध्ये आधा किलो सुन र बाँकी चाँदी भएको दाबी प्रहरीले गरेको छ। काठमाडौं प्रहरी परिसरको टोलीले सुन प्रकरणमा मुछिएको भनिएको गाडी बिहीबार ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको थियो।

सुन प्रकरणमा हालसम्म चार जना प क्राउ परेका छन्। देवान पटेल, निलेश सखिया र विजय पटेल नवलपरासीको दुम्कीबाट प क्राउ परेका हुन्। त्यस्तै उमेश श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौंले प क्रेको हो। त्यस्तै दरबारमार्ग वृतमा सादा पोशाकमा कार्यरत जवान प्रशन्न श्रेष्ठको डेरामा सुनको विस्कुट भेटिएपछि हिरा सतमा राखेर अनुसन्धान सुरु गरिएको छ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…