चीनलाई समाप्त पार्न रुसलाई साथमा लिने अमेरिकी प्रयास, अमेरिकी साम्राज्यको घमण्डी कदम ?

अघिल्लो साता अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले युरोपका कथित साझेदारहरूलाई चीनविरुद्धको मोर्चामा वाशिङटनलाई साथ दिन आग्रह गरे । पोम्पेओले शीतयु’द्धकालीन भाषा उपयोग गर्दै ‘स्वतन्त्र विश्व’ लाई बेइजिङको ‘निरंकुशता’ बाट प्रतिरक्षा गर्नुपर्ने बताए ।

पोम्पेओले यसो भनिरहँदा अमेरिकी संसद्ले चाहिँ रुससँग युरोपेली संघले गरेको ऊर्जा सम्झौता रोक्नका लागि नोर्ड स्ट्रीम २ ग्यास पाइपलाइनविरुद्ध कठोर आर्थिक प्रतिबन्ध लगाउन खोजेको छ । त्यस प्रतिबन्धले १०० भन्दा बढी युरोपेली कम्पनीहरूलाई असर पार्छ र १२ अर्ब युरोको घाटा लाग्छ ।

जर्मनीको संसद्ले अमेरिकी प्रतिबन्धको भर्त्सना गरेको छ र यसलाई युरोपको रणनीतिक ऊर्जा नीतिका रूपमा युरोपको सार्वभौमसत्तामाथिको आ क्रम णका रूपमा चित्रित गरेको छ । रुसमाथिको ऊर्जा निर्भरताबाट युरोपलाई सुरक्षित राख्न भनी वाशिङटनले गरेको दाबी महंगो अमेरिकी प्राकृतिक ग्यासको निर्यातलाई प्रवर्द्धन गर्ने फाल्तुको बहाना मात्र हो । अमेरिकाको खुला बजार पूँजीवाद !

ट्रम्प प्रशासन युरोपलाई निरंकुशताविरुद्ध स्वतन्त्र विश्वका मूल्यमान्यताका आधारमा चीनविरोधी अभियानमा साथ देओस् भन्छ अनि आफूसँग महंगो ग्यास किनेन भने युरोपेली अर्थतन्त्र नै ध्वस्त पारिदिने धम्की पनि दिन्छ । कस्तो विडम्बना !

पोम्पेओले चीनलाई हतियार आपूर्तिमा नि’यन्त्रण गर्ने अमेरिकी प्रयासमा रुसले पनि साथ दिने अपेक्षा गरेको बताएका छन् ।

उनलाई एक पत्रकारले सोधे, ‘चिनियाँ कम्युनिस्ट पार्टीका विषयमा खुलेर कुरा गर्न अमेरिकाले रुसलाई फकाउने अवसर प्राप्त गरेको हो ?’

पोम्पेओले जवाफ दिए, ‘त्यस्तो अवसर छ भन्ने मलाई लाग्छ । त्यो अवसर रुस र चीनबीचको प्राकृतिक सम्बन्धबाट बनेको हो र हामीले पनि त्यसलाई उपयोग गर्न सक्छौं । छिट्टै हाम्रा टोलीहरू रुसीहरूसँग रणनीतिक संवाद गर्दैछन् । त्यो पूर्वराष्ट्रपति रेगनको पालामा भएको ह’तियार नि’यन्त्रण सम्झौताकै नयाँ रूप हुनेछ । यो हाम्रो हितमा छ, रुसको पनि हितमा छ । चिनियाँहरूलाई पनि हामीले यसमा सहभागी हुन भनेका छौं । उनीहरूले अहिलेसम्म अस्वीकार गरिरहेका छन् । उनीहरूले सोच परिवर्तन गर्लान् भन्ने हामी आशा गर्छौं ।’

पोम्पेओले पछिल्लो सम्बोधनमा विश्व शान्तिका विषयमा चिन्ता व्यक्त कुरालाई बेवास्ता गर्नुस् । अहिले वाशिङटन रुसलाई मध्यस्थ बनाएर चीनको रणनीतिक शक्तिमाथि हावी हुने प्रयास गरिरहेको छ ।

ट्रम्प प्रशासनले विश्वमा हतियार निर्माणको नयाँ प्रतिस्पर्धाको जोखिमको कुरा उठाएर मस्को र बेइजिङ दुवैलाई नि’यन्त्र’णमा लिने गरी आफ्नो रणनीतिक उद्देश्यको पिछलग्गु बनाउन खोजेको स्पष्ट छ ।

चीनविरु’द्ध रुससँग मिलेर काम गर्न अमेरिका इच्छुक रहेको भन्ने बहादुरी पोम्पेओले कसरी देखाउन सके ? युरोपसँग रुसले गरेको महत्त्वपूर्ण ऊर्जा व्यापारलाई जोखिममा पार्ने धम्की वाशिङटनले दिइरहेको बेलामा पोम्पेओको यो कथन आएको छ ।

चीनलाई घेर्नका लागि रुसको सहायता माग्ने अमेरिकाले बदलामा चाहिँ युरोपसँग रुसको रणनीतिक व्यापारिक स्वार्थमा धक्का पुर्‍याउने ?

अमेरिकी साम्राज्यको घमण्ड चरमचुलीमा रहेकाले आफू वाहियात कुरा गरिरहेको छु भन्ने पनि उसलाई पत्तो छैन । त्यसैले उसका अधिकारीहरू लाजै पचाएर कुरा गर्छन् ।

युरोप र रुसलाई ऊर्जा कारोबार रोक्न भन्ने अनि स्वतन्त्रता र लोकतन्त्रको गुणका विषयमा संसारलाई पाठ पढाउँदै हिँड्ने अमेरिकी चरित्र बुझिनसक्नु छ ।

अमेरिकाले यस्तै विसंगत कुरा गर्दै हिँडेर विश्वव्यापी छवि धमिलो बनाउँदै गएको छ । अमेरिकी घमण्डका कारण संसारलाई नै उसका विरुद्ध उभ्याइरहेको छ ।

वाशिङटनका स्वार्थी आदेशहरू असह्य हुन थालेका छन्, युरोपमा रहेका पहिलेका उसका अनुचर साझेदारहरूलाई पनि दिक्क लाग्न थालेको छ ।

अमेरिकाले पतनको बाटो लामो समयदेखि खन्दै आएको छ अनि अमेरिकालाई फेरि महान् बनाउने दाबी गर्ने राष्ट्रपतिले नै पतनलाई द्रुत गतिमा अघि बढाइरहेका छन् ।

स्पुतनिक न्युजमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण

भर्खरै प्रकाशित

आन्दोलनमा आक्रमक हुन युवालाई प्रचण्डको निर्देशन डोनाल्ड ट्रम्पको जस्तो :…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र आक्रोशसहित आन्दोलनमा सक्रिय हुन युवाहरुलाई निर्देशन दिएपछि लुम्बिनी प्रदेशका मुख्य…

कोरोनाको खोप लगाउँदा नर्वेमा २९ जनाको ज्यान गयो

काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृ’त्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप…

केपी ओलीले फ्याट्टै केन्द्रीय सदस्य बनाइदिहाल्छन् कि भनेर मानिसहरु बालुवाटारतिर…

दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ…

ओली गन्हाएर बालुवाटार गइसक्नु छैन : भीम रावल

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन…

प्रचण्डको आक्रोश : प्रतिगमनविरुद्ध बरु मर्न तयार छु तर झुक्दिनँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुर्नस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन् । प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार…