काठमाडौँ । मलेसियामा एक सुरक्षा गार्ड कु’टिएको भिडियोबारे मलेसियास्थित नेपाली दूतावासले छानबिन गर्ने भएको छ । सामाजिक सञ्जालमा यो भिडियोमा कु’टिने सुरक्षा गार्ड नेपाली भएको दावी गरिएको छ । तर, उनी नेपाली नै हुन् वा अन्य कुनै देशका नागरिक हुन् भन्नेबारे स्पष्ट भइसकेको छैन ।
नेपाली दावी गर्दै सामाजिक संजालमा भिडियो भाइरल भएपछि क्वलालम्पुरस्थित नेपाली दूतावासले आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ । भिडियोेमा एक व्यक्तिले नि’र्घात रुपमा युनिफर्ममा रहेका (सम्भवतः ड्युटीमा रहेका) एक सुरक्षा गार्डलाई कु’टेको देख्न सकिन्छ ।
अहिले त्यो भिडियोलाई विशेषतः विदेशमा बस्ने नेपालीहरुले सामाजिक सञ्जालमा मलेसियामा नेपाली सुरक्षा गार्डलाई कु’टिएको भनेर शेयर गरेका छन् ।
भिडियोमा मलेसियन भाषा बोल्ने एक व्यक्तिले सुरक्षा गार्डलाई ‘तैँले आफूलाई के भन्ने ठान्छस्, तँ यहाँ काम गर्न आको हो कि के गर्न ?’ भन्दै नि’र्घात रुपमा कु’टेको देखिन्छ । तर, कु’टाइ खाने ती सुरक्षा गार्डले भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सामाजिक सञ्जालमा नेपाली भनेर भिडियो भाइरल भएपछि दूतावासले आवश्यक छानविन सुरु गरेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बताए । ‘यहाँको सेक्युरिटी एसोसिएशनमा हामीले त्यो भिडियोबारे छानविनको माग गर्दै अपिल गरेका छौँ,’ उनले डिसी नेपालसँग भने, ‘भिडियोको आधारमा कु’टाइ खाने नेपाली नै हो भन्ने कुनै यकिन छैन ।
घटना कुन कम्पनीमा, कुन ठाउँमा भएको भन्ने एसोसिएशनले नै पत्ता लगाउनेछ । त्यसपछि कामदारमाथि भएको अन्यायको विषयमा कारवाही गर्न एसोसिएशनले नै प्रहरीमा उ’जुरी गर्नेछ ।’