बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय उच्चायुक्तलाई भेट्न अस्विकार गरेपछि

बंगलादेश र पाकिस्तानको सम्बन्ध घनिष्ठ हुँदै गएको परिस्थितिमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले ढाकास्थित भारतीय उच्चायुक्तलाई भेट्न मानेकी छैनन् ।

भारतीय उच्चायुक्तले विगत चार महिनादेखि अनुरोध गरेको भए पनि शेख हसिनाले अस्वीकार गरिरहेको बुझिएको छ ।

बंगलादेशको प्रमुख पत्रिका भोरेर कागजका सम्पादक श्यामल दत्ताले लेखेअनुसार, भारतीय उच्चायुक्त रीभा गांगुली विगत चार महिनादेखि शेख हसिनासँग भेट्न खोजेको भए पनि सकेकी छैनन् ।

उनले लेखेका छन्, ‘भारतले चिन्ता व्यक्त गरेको भए पनि सिल्हटमा एक एयरपोर्ट टर्मिनल बनाउनका लागि बंगलादेशले एक चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ । अनि बंगलादेशले कोरोना महामारीका बेलामा भारतबाट पाएको सहयोगलाई धन्यवाद दिन कुनै नोट पठाएन ।’

सिल्हट भारतको उत्तरपूर्वी राज्य नजिक भएकाले भारतका लागि संवेदनशील क्षेत्र हो । त्यसैले चिनियाँ कम्पनीले त्यहाँ एयरपोर्ट बनाउन खोज्दा भारत चिन्तित छ ।

विगत केही समययता ढाका र बेइजिङको निकटता बढेको छ । चीनले बंगलादेशी सामानहरूलाई ड्युटी फ्री गरिदिएको छ ।

चीनले बंगलादेशलाई कोरोनाभाइरस विरुद्धको लडाइँमा मेडिकल आपूर्तिमार्फत पनि सहयोग गरिरहेको छ । अनि बंगलादेश चीनको महत्त्वाकांक्षी परियोजना बेल्ट यान्ड रोडमा पनि संलग्न छ ।

भोरेर कागजमा छापिएको एक लेखअनुुसार, शेख हसीना सरकारको एक खेमा चीनसँग सम्बन्ध बलियो बनाउन इच्छुक छ । विगत १० महिनामा चीनको सहयोगी पाकिस्तानसँग बंगलादेशले सम्बन्ध बलियो बनाउने कोशिश गरिरहेको छ ।

बंगलादेशले गत नोभेम्बर महिनादेखि भारतबाट प्याज आयात गर्न नपाएपछि पाकिस्तानबाट प्याज मगाउन थालेको छ ।

पूर्वी पाकिस्तानबाट छुट्टिएर बंगलादेश बन्न भारतको प्रमुख भूमिका छ । त्यसैले भारत र बंगलादेशको सम्बन्धमा एक किसिमको न्यानोपन रहिआएको छ ।

तर भारतले नागरिक संशोधन कानून र एनआरसी ल्याएपछि बंगलादेश चिढिएको छ ।

नागरिकता कानून अन्तर्गत पाकिस्तान, अफगानिस्तान र बंगलादेशका धार्मिक अल्पसंख्यकहरूलाई भारतको नागरिकता दिने प्रावधान छ ।

बंगलादेशले आफूहरूकहाँ धार्मिक कट्टरता घटेको र हिन्दूहरूका विरुद्ध कुनै किसिमको धार्मिक भेदभाव नभएको बताएको छ ।

अहिले भारतमा अवैध रूपमा बसिरहेका बंगलादेशीहरूलाई उतै फर्काउने कुरा पनि उठिरहेको छ । यसले गर्दा बंगलादेशमा चिन्ताको लहर छ ।

केही हप्तादेखि बंगलादेशको मिडियामा भारत–बंगलादेश सीमामा हताहती तथा धनजनको क्षतिका विषयमा पनि कुरा आइरहेको छ ।

बंगलादेश र भारतबीच मतभेद बढ्दै जाँदा यसलाई पाकिस्तान र चीनले अवसरका रूपमा लिइरहेका छन् ।

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…