वीरगन्ज महानगरका मेयरलाई कोरोना संक्रमण

वीरगन्ज  । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण देखिएको छ । ५४ वर्षीय मेयर सरावगीले फेसबुक पेजमार्फत आफूलाई संक्रमण देखिएको सार्वजनिक गरेका हुन् । उनको काठमाडौंमा स्वाब परीक्षण गरिएको हो । उनी गत सोमबार काठमाडौं गएका थिए ।

‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्ने छु’ बिहीबार बेलुका सरावगीले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाका अनुसार काठमाडौंस्थित उनको अपार्टमेन्टमा उपचारको व्यवस्था मिलाइएको छ । ‘बुधबार बेलुका स्वाब परीक्षणका लागि दिइएको थियो,’ देवकोटाले भने, ‘बिहीबार बेलुका पोजिटिभ रिपोर्ट आएको छ ।’

भर्खरै प्रकाशित

चिनियाँ कम्पनीले निर्माण गरेको कोरोनाको खोप ब्राजिलमा परीक्षण गर्दा सुरक्षित…

काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल…

यस्तो रहेछ फेसबुकले ‘म्यासेञ्जर एप’ रंगीविरंगी बनाउनुको कारण

काठमाडौं । यदि तपाईंले भर्खरै फेसबुक म्यासेञ्जर एप अपडेट गर्नु भएको छ भने पक्कै पनि केही न केही परिवर्तन भएको अवश्य महसुस गर्नु भएकै होला…

बाँस्कोटाको ७० करोड रुपैयाँ घुस प्रकरणको मुद्दा तामेलीमा राख्ने अख्तियारको…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको…

उपचार गर्न नसक्ने संक्रमितको सरकारले गर्ने भनेकै छ त, भ्रम…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोर्नुपर्ने निर्णयबारे भ्रम फैलाइएको बताएका छन् । सरकारले हालै मात्र आर्थिकरुपमा विपन्न, अशक्त, असहाय,…

पत्रकारलाई खाममा पैसा बाँड्ने कांग्रेस महामन्त्रीको अनौठो धन्दा !

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पत्रकारहरुलाई ‘दसैं खर्च’ भन्दै खाममा हालेर १५ हजार रुपैयाँ बाँड्दै हिँडेको पाइएको छ । कोइरालाका स्वकीय सचिव भरत…