चीनले भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्यो

चितवन । चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

बिहीबार भरतपुर महानगरपालिकामा उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्राप्त स्वास्थ्य सामग्रीले कोभिड–१९ सँग लड्न थप हौसला प्रदान गरेको बताइन् ।

तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले बुधबार रसुवास्थित टिमुरे नाकामा एन ९५ माक्स एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी किट आठ सय थान, पिपिई एक सय थान, मेडीकल फेस सिल्ड एक हजार थान र सर्जिकल ग्लोभ्स चार हजार थान लगायतका स्वास्थ सामग्री भरतपुर महानगरपालिकालाई कोभिड–१९ बिरुद्ध लड्न सहयोग गरेको हो ।

मित्र राष्ट्र चिनको सिगात्से सिटीले कोभिड–१९ को महामारीसँग लड्न यति धेरै स्वास्थ्य सामग्री भरतपुर महानगरपालिकालाई प्रदान गरेर अतुलनिय सहयोग गरेको बताउँदै महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्रीको अधिकतम उपयोग गरी कोभिड–१९ विरुद्ध लड्ने बताइन् ।

प्रमुख दाहालले मित्र राष्ट्र चिनका विभिन्न शहरहरुले भरतपुर महानगरपालिकालाई विभिन्न खाले सहयोग गरिरहेको बताउँदै यस महामारिको अवस्थामा २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरी कोभिड–१९ विरुद्ध लड्न हौसला प्रदान गरिएकोमा सिगात्से सिटीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दुईपक्षीय सहयोग आदान प्रदान भईरहने विश्वास व्यक्त गरिन् ।

बुधबार रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधीहरु तथा नेपाल प्रवासी चीनीया संघका सदस्यहरु ज्याङ्ग जिङ्ग च्याङ्ग, वाङ ज्यूजाङ, हुई घिङ, डाङ्ग लगायतका प्रतिनिधीहरुले भरतपुर महानगरपालिकाका विज्ञ सल्लाहकार गोपालकृष्ण न्यौपाने नेतृत्वको टोलीलाई सामग्री प्रदान गरेको थियो । भरतपुर महानगरपालिका र चिनको गुर्मुसिटी, सिटीसँग भगिनी सम्बन्ध कायम रहेको छ भने घाङ् सिटी र सिगारसंग भगिनी सम्बन्ध कायमको प्रकृयामा रहेको छ ।

भरतपुर महानगरपालिका र चीनका शहरहरुसँग प्रविधी हस्तान्तरणका साथै दुई पक्षिय सहयोगका साथ अवलोकन भ्रमण हुँदै आएको छ । कोभिड–१९ कै क्रममा चिनको गुर्मु सिटीले पनि ठूलो मात्रमा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

यस्तै, बिहीबार युएनडीपीको प्रतिनिधी मण्डलले कोभिड–१९ सँग लड्न र क्वारेन्टिन व्यवस्थापनका लागि चाहिने स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । युएनडीपीका प्रतिनिधीहरुले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालाई स्वास्थ्य सामग्री प्रदान गर्दै विगतदेखि नै भरतपुर महानगरपालिकामा विविध सहयोग निरन्तर रहेको भन्दै उपलब्ध सामग्रीहरुले कोभिड–१९ विरुद्ध लड्न र क्वारेन्टीन व्यवस्थापनमा सानो भएपनि सहयोग हुने विश्वास लिएका थिए ।

सामग्री ग्रहण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले प्राप्त सामग्रीहरु अत्यावश्यकताका आधारमा कोभिड–१९ को महामारीसँग लड्न प्रयोग गर्ने बताइन् ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…