१५ किलो ‘सुन’ को झोला प्रकरणमा मुछिएका दरबारमार्गका डीएसपीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं : मंगलबार राजधानीको कमलादीमा बरामद भएको १५ किलो पहेलो धातु प्रकरणमा मुछिएका महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई सरुवा गरिएको छ।

उनलाई राष्ट्रिय प्रहरी प्रतिष्ठान पठाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवाली जानकारी दिए। प्रहरी अपरेशनमा समन्वय नगरेको र दाहालको कार्यशैलीमाथि नै छानबिन भइरहेकाले प्रमाण लोप गर्न सक्ने आशंकामा सरुवा गरिएको हो।

दाहाललाई प्रहरी प्रतिष्ठानमा ताने लगत्तै त्यहाँका डीएसपी रामेश्वर पौडेललाई दरबारमार्गको प्रमुखको जिम्मेवारी दिइएको छ। दाहालमाथि घटनाको विषयमा माथिल्लो निकायलाई प्रष्ट जानकारी नदिएको, घटनास्थल परिवर्तन गरेको र अभियुक्तलाई भाग्ने मौका दिएको आरोप छ।

मंगलबार मात्र प्रहरीले कमलादीबाट एउटा झोलामा १५ किलो पहेँलो धातु बरामद गरेको थियो। एउटा झोलामा बरामद धातु मध्ये आधा किलो सुन र बाँकी चाँदी भएको दाबी प्रहरीले गरेको छ।

सुन प्रकरणको अनुसन्धानका क्रममा घटनास्थल नक्कली बनाएको खुलेपछि घटना शंकास्पद बनेको हो। काठमाडौं प्रहरी परिसरको टोलीले सुन प्रकरणमा मुछिएको भनिएको गाडी बिहीबार ललितपुरको नखिपोटबाट नियन्त्रणमा लिएको छ।

भर्खरै प्रकाशित

भोलिबाट लाइसेन्सको कोटा हट्ने अनलाइन फारम खुल्ने

भोलिबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ। योसँगै निश्चित कोटा सिस्टम पनि हट्ने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी…

नेपाली ‘टिनेजर’ युवतीहरुको मनमा बस्ने यी युवा को हुन् ?

नेपालली सामाजिक संजालमा एउटा तस्विर छाइरहेको छ। शारीरिक सुपमा सुगठित, अग्लो कद, लामो कपाल त्यसैमा शरिरैभर ट्याट्यु। झट्ट हेर्दा नेपाली जनजाती युवा जस्तै देखिने अनुहार…

सत्ताबाट उत्रिएपछि डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थाले

सत्ताबाट उत्रिएका अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै समर्थकले गाली गर्न थालेका छन्। गत वर्षको राष्ट्रपति निर्वाचनमा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका ट्रम्पले पराजित भएपछि…

ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भने झैँ भयो पोम्पेओसहित…

काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले…

डोनाल्ड ट्रम्पले गरेका फोहोर सफा गर्दै जो बाइडेन, सत्तामा आएलगतै…

काठमाडौँ। डोनाल्ड ट्रम्पको नेतृत्वमा अमेरिकी सरकारले गरेका विभिन्न गल्तिहरु बाइडेन सरकारललाई कसरी डिल गर्ने भन्ने चुनौती थपिएको छ। ट्रम्पका कारण चीनसंग बिग्रिएको आर्थिक कारोबार,  इरान…