अमेरिकी राजदूको विवादित जुँगा : दक्षिण कोरियासँगको सम्बन्धनै विग्रिन थालेपछि जुँगा खौरिए

दक्षिण कोरियास्थित अमेरिकी राजदूत ह्यारी ह्यारिसको जुँगा पछिल्ला दिनमा निकै चर्चित र विवादित बन्यो । सायद दुनियाँकै सबैभन्दा विवादास्पद भनिने उक्त जुँगामा अन्ततः ब्लेड चलेको छ । अर्थात् अमेरिकी राजदूतले आफ्नो विवादित जुँगा खौरिएका छन् ।

आफ्नो जुँगा असाधारण आलोचनामा परेसँगै राजदूत ह्यारिस सियोलस्थित एक परम्परागत नाउँ पसलमा गएर आफ्नो जुँगा कटाएका छन् ।

जापानी आमाका छोरा रहेको राजदूत ह्यारिसले पालेको जुँगाका कारण अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा नै तनाव आउने अवस्था सिर्जना भएपछि उनले जुँगा खौरिएका हुन् ।

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्विपमा कब्जा जमाएको जापानप्रति कोरियाली जनता अझैसम्म पनि नकारात्मक धारणा राख्दछन् । उक्त औपनिवेशिक कालका जापानी गर्भनर जनरलले पाल्ने खालको जुँगा जापानी आमाका छोरा अमेरिकी राजदूतले पालेपछि कोरियनहरुले तीव्ररुपमा आलोचना गर्दै आएका थिए।

तर राजदूत ह्यारिसले चाहीँ गत जनवरीमै आफ्नो जुँगा पाल्ने शौख व्यक्तिगत मामिला रहेको भन्दै आलोचकहरु इतिहासको गलत व्याख्या गर्नेहरु भएको दाबी गरेका थिए।
तर हालैको सप्ताहन्तमा उनले परम्परागत कोरियन नाइँ पसलमा गएर जुँगा खौरिएको भिडियो सोसल मिडियामा अपलोड गरे ।

कोरोना महामारीका चलिरहेको बेला सिओलको गर्मी याममा मास्क लगाउँदा शितल होस् भनेर जुँगा खौरिएको उनले बताएका छन् । उनले ट्विट गर्दै जुँगा खौरिँदा आफु खुसी भएको लेखेका छन् ।

दक्षिण कोरिया र जापान दुवै देश अमेरिकाकी गठबन्धनका मुलुक भए पनि विभिन्न ऐतिहासिका घटनाक्रमका विषयमा यी दुईदेशबीच तिक्ततापूर्ण विवाद हुने गर्दछ ।

यो वर्षको सुरुवातमा ह्यारिसले सार्वजनिक रुपमा भनेका थिए, ‘कोरिया र जापानबीचको ऐतिहासिक विवादका विषयमा म जानकार छु । तर म जापानी अमेरिकी राजदूत होइन । म कोरियाका लागि अमेरिकी राजदूत हुँ ।’ आफू जापानी आमाबाट जन्मिएकै कारण दुई देशको ऐतिहासिक विवादको मामिला आफूमाथि थोपर्नु सही नभएको उनको भनाइ थियो । एजेन्सी

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…