भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारीमा साम्राज्ञी, अब सबै कुरा बुझेर केस गर्छु : साम्राज्ञी

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार/निर्माता भुवन केसीविरुद्ध गा’ली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाई छ ।

भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए ।

यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । यसबाहेक भुवन र उनका वरपरका मान्छेहरुले आफूमाथि सामूहिक ह मला गरिरहेको साम्राज्ञीको भनाइ छ । ‘उहाँहरु घीनलाग्दो तरिकाले ममाथि जाइलाग्नुभयो,’ साम्राज्ञीले कान्तिपुरसित भनिन् ।

साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । ‘उहाँ (भुवन)ले एकदमै बच्चा तरिकाले मुद्दा हाल्नुभयो तर म त्यसरी गर्दिनँ । सबै कुरा बुझेर केस गर्छु,’ साम्राज्ञीले कान्तिपुरसँग भनिन् ।

असार दोस्रो साता साम्राज्ञीले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै ठूला ब्यानरका व्यक्तिहरुले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । तीन फिल्ममा दुर्व्यवहारमा परेको उनको भनाई थियो ।

कसैको नाम भने लिएकी थिइनन् तर लगत्तै भुवन केसीले फेसबुकमा ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन् ? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने’ भन्दै स्ट्याट्स लेखेका थिए ।

‘अहिले पनि उहाँ (भुवन)ले मान्छे लगाएर मेरो दुर्व्यवहार गरिरहनु भएको छ, चरित्रह’त्या गर्ने प्रयास गरिरहनु भएको छ,’ साम्राज्ञी भन्छिन्, ‘केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र नै छोड्छे भनेर उहाँ र उहाँका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ ।’

‘ड्रिम्स’को छायांकनमा पोखरामा रहँदा आफूमाथि कसैले यौ’न दु’र्व्यवहार गर्न खोजेको घटनाउपर भुवन केसीले मजाक गरेको साम्राज्ञीको भनाई छ । ‘जापानमा अवार्डमा जाँदा पनि उहाँ असहज ढंगले मेरो नजिक आउँदा मैले धकेलेको थिएँ,’ साम्राज्ञीले त्यो घटना सम्झदै भनिन्, ‘उहाँलाई वा अरुलाई त्यस्तो व्यवहार मन पर्छ होला तर मलाई मन पर्दैन । त्यति नजिक आउन उहाँ मेरो को हो र ?’ सेटको नमिठो भोगाईबारे बोलेपछि आफूलाई फिल्मबाट निकाल्न र अरु फिल्ममेकरलाई भड्काउन भुवनसहित अन्य व्यक्तिहरु लागिपरेको साम्राज्ञीको आरोप छ । ‘यस्तो आ’क्रम’णले फिल्ममा आउन चाहने नयाँ केटी र उनीहरुका अभिभावकहरु हत्तोसाहित हुन्छन्,’ उनले भनिन्, ‘त्यसैले पनि म चुप बस्दिनँ । अत्ति हेप्ने काम भयो ।’ साभार : कान्तिपुरबाट 

भर्खरै प्रकाशित

मुख्यमन्त्री शेरधन राईको बिहेपछि अविश्वास प्रस्ताव बारे छिनोफानो

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ५० वर्षको उमेरमा ११ माघमा वैवाहिक बन्धनमा बाँधिदैछन् । त्यसको चार दिन पनि प्रदेशसभाको अधिवेशन…

स्थिरता र विकासका लागि ताजा जनादेश, तोकिएको मितिमा निर्वाचन जरुरी…

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा निर्वाचन…

प्रचण्ड माधवको आग्रह : ‘संविधानको रक्षा गर्न सबै सडक संघर्षमा…

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा…

विनम्रता पनि कहीँ लम्पसारवाद हुन्छ ?

समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्तापछि सन् २०१७ को अगस्ट २५ मा नयाँ दिल्लीको हैदराबाद हाउसमा नेपालका प्रधामनन्त्री शेरबहादुर देउवासहितको पत्रकार सम्मेलन चलिरहेको थियो ।…

हिउँदे अधिवेशनलाई मध्यनजर गर्दै झिक्न नमिल्ने गरी जोडियो प्रदेशसभाका कुर्सी

५ माघ, विराटनगर । प्रदेश १, प्रदेशसभाले माघ ७ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी गरेको छ । यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको…