एजेन्सी । अमेरिकासँगको बढ्दो तनावका बीच ईरानले संयुक्त अरब इमिरेट्स (युएई)स्थित फ्रान्सको अल धफ्रा एयरबेस नजिकैको समुद्रमा थुप्रै मिसाइल हा’नेको छ । त्यहीबेला फ्रान्स हुँदै भारत ल्याउन लागिएका ५ वटा राफेल विमान पनि त्यही पार्किङ गरिएको थियो ।
ती विमानमा भारतीय पाइलटहरु पनि थिए । जब इरानले लगातार मिसाइलहरु हा’न्न थाल्यो । राफेलका पाइलटहरु सुरक्षित ठाउँमा लुकेका थिए ।इरानले आफ्ना मिसाइलहरु परीक्षण गरेको अनुमान गरिएको छ ।
मिसाइल प्र’हारपछि फ्रान्सेली एयरबेस र खाडीमा रहेका अमेरिकी सैनिक अड्डाहरुमा पनि अलर्ट जारी गरिएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले मंगलबार बिहान हारमुज स्ट्रेट नजिकै धेरै ब्यालेष्टिक मिसाइलहरु हा’नेको पुष्टि गरेको छ ।
इरानको सरकारी टेलिभिजनका अनुसार क्रान्तिकारी गार्डले सैनिक अभ्यासको क्रममा ती मिसाइलहरु प’रीक्षण गरिएको थियो । मिसाइल परीक्षण गरिएको स्थान फ्रान्सेली र अमेरिकी सैनिक अड्डा नजिकै पर्छ । धेरै मिसाइलहरु समुद्रमा खसेको दृष्य देखिएको थियो ।
इरानी सैन्य अभ्यासको सन्देृश संयुक्त राज्य अमेरिका लक्षित हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ । इरानको पछिल्लो सैन्य अभ्यास र अमेरिकी प्रतिक्रियाले दुई देशहरुबीच यु’द्धको सम्भावना बढेर गएको देखिन्छ । पछिल्ला ६ महिनायता त्यहाँ दुई देशबीच बढ्दो तनावका दर्जनौ घटना भएका छन् ।
अमेरिकाको डमी यु’द्धपोतमा मिसाइल
इरानले रणनैतिक महत्वको स्ट्रेट अफ हर्मुजमा युटको पूर्वाभ्यासको क्रममा डमी अमेरिकी यु’द्धपोत मिसाइल हा’नेर उडाइदिएको छ । यो अभ्यासमा यति शक्तिशाली ह’तिया’रको प्रयोग गरिएको थियो कि अमेरिकाले दुई क्षेत्रीय सैन्य बेसलाई आइअलर्टमा राखेको थियो । अमेरिकी जलसेनाले यसलाई इरानको गैरजिम्मेवारीपूर्ण र लापरवाहीपुर्ण व्यवहार भन्दै निन्दा गरेको छ । उसले यसलाई इरानले तर्साउने र जबरजस्ती गर्ने प्रयास गरेको संज्ञा दिएको छ ।
खाडीको समुद्रमा तेहरान र वाशिङटनबीच तनाव बढिरहेका बेला इरानले यस्तो यु’द्धा’भ्यास गरेको हो । बीबीसीका अनुसार यो यु’द्धा’भ्यासलाई ‘प्रोफेट मोहम्मद १४औं’ नाम दिइएको थियो र यसलाई इरानको सरकारी टेलिभिजनले प्रसारण गरेको थियो । डमी यु’द्धपोत अमेरिकाको त्यस क्षेत्रको समुद्रमा नियमित रुपमा घुमिरहने यु’द्ध’पोत जस्तै थियो जसको ल्याण्डिङ स्ट्रिपमा २ डमी ल’डाकु विमान पनि थिए । त्यसपछि विभिन्न कोणबाट मिसाइल हा’नियो जसमध्ये केही डमी यु’द्धपो’तमा लक्षित थिए । हेलिकप्टरबाट हा’निएको अर्को मि’साइलले वा’रशिपको अर्को छेउमा हा’नेको थियो । ब्यालेस्टिक मि’साइल प्र’हार भएको थाहा पाएपछि अमेरिकाको युएइ र कतारमा रहेका बेसका सैनिकहरु अलर्टमा बसेको अमेरिकी सेनाले जनाएको छ।