भारतले फ्रान्सबाट रफाएल भित्र्याइरहेकै बेला चिनियाँ जे–१५ सक्रिय भएपछि भारत झस्कियो

काठमाडौं । चीन र भारतबीच सीमा क्षेत्रमा तनाव जारी रहेका बेला भारतीय वायु सेनाले फ्रान्समा बनेको आधुनिक लडाकु विमान राफेयल भित्र्यो। बुधबारमात्र फ्रान्सबाट पहिलो डेलिभरीको ५ वटा लडाकु विमान भारत पुगेका छन्।

साढे चार संस्करणको राफयेल आणविक हतियार बोक्न सक्षम अत्याधुनिक लडाकु विमान हो। यो विमानमा विभिन्न किसिमका मिसाइल सेट गर्न सकिन्छ भने हावाबाट हावामा र हावाबाट जमिनमा सटिक निशाना लगाउन सकिन्छ।

भारतले फ्रान्सबाट ३६ वटा लडाकु विमान किन्ने सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार बुधबार ५ वटा विमान भारत पुगेका हुन्।

भारतीयहरुले यी विमान भारतीय वायु सेनाको स्क्वाड्रनमा समावेस हुनु ठूलो उपलब्धि भनेका छन्। र अब वायु सेनाको शक्तिमा भारत पाकिस्तानभन्दा अगाडि रहेको र चीनलाई टक्कर दिने अवस्थामा पुगेको बताएका छन्।

तर, उता चीनबाट भारतलाई झट्का दिने गरि एक समाचार बाहिरिएके छ। समाचार लडाकु विमानबारे नै हो। चिनियाँ वायु सेनाको लडाकु विमान जे –१५ लाई चीनले अपग्रेट गरेर रातीमै आकाशमा रिफ्यूलिंग गर्न सकिने प्रविधिको विकास गरिएको चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सले जनाएको छ।

समाचारअनुसार अब चीनले कुनै पनि मौसममा र कुनै पनि समयमा हवाई आ’क्रमण गर्न सक्ने क्षमता विकास गरेको छ। रातीमा पनि आकाशमा इन्धन भर्न सकिने भएकाले अब जे–१५ ल’डाकु विमानले थत ह’तियार लोड गर्न सक्ने क्षमताको विकास गरेको जनाइएको छ। साथै यी अपग्रेट गरिएका विमानलाई चीनले यु’द्धपोतमा तैनाथसमेत गरेको जनाइएको छ।

उता पाकिस्तानसँग भने अमेरिकामा बनेको अत्याधुनिक लडाकु विमान एफ–१६ छ। यो विमान पनि साढे चार संस्करणको हो। यो विमान पनि राफयेलभन्दा कम छैन। एजेन्सी / डिसी नेपाल 

भर्खरै प्रकाशित

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

लमजुङ । लमजुङमा सासू–ससुरालाई स्याहार–सुसार गर्ने बुहारीहरूलाई सम्मान गरिएको छ । वृद्ध सासू–ससुरालाई सम्मानपूर्वक स्याहार–सम्भार, पालनपोषण गर्ने बुहारीहरूलाई सम्मानित गरिएको हो । ज्येष्ठ नागरिक समाज…

रोल्पाली मह दैनिक एक चम्चा, स्वास्थ्यमा हुनेछन् फाइदै फाइदा

काठमाडौं । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।…

धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत प्राप्त भयो :…

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर…

सर्वोच्च अदालतको आदेश : अख्तियारले स्टिङ अपरेसन गर्न नपाउने

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेसन गर्न नपाउने फैसला सुनाएको छ । घुस लिने व्यक्ति प’क्राउ गर्न आयोगले स्टिङ अपरेसनबाट संकलन…

‘हेभी ल्यान्डिङ’ ले बिग्रिएको वाइडबडीको गियर राख्‍न २२ करोड खर्च…

नेपाल एयरलाइन्सको एयरब ए-३३० वाइडबडी जहाजको ल्यान्डिङ गियर प्रतिस्थापन गर्न २२ करोड खर्च हुने भएको छ। गएको पुसमा नेपाल एयरलाइन्सको ‘एन नाइन–एएलजेड’ नेपाली दर्ता नम्बर…