बंगलादेशी प्रधानमन्त्रीको यस्तो व्यवहारले भारतमा खैलाबैला, मिडिया रिपोर्टले ल्यायो नयाँ तरंग !

काठमाडौं। बंगलादेशलाई आफ्नो नजिकको सहयोगी सम्झिने भारतको सम्बन्ध पछिल्लो समय बंगलादेशसँग पनि बिग्रिँदै गएको छ । अहिले भारतको सम्बनध छिमेकी देशहरु नेपाल, पाकिस्तान, चीन, बंगलादेश कसैसँग पनि राम्रो छैन । अघिल्लो वर्षसम्म भारतको सम्बन्ध नेपाल र बंगलादेशसँग सुमधुर थियो तर नेपालसँग सीमा अतिक्रमणको विषय र बंगलादेशसँग नागरिकता कानुनको विषयले सम्बन्ध बिग्रिएको छ ।

भारतले ल्याएको नयाँ नागरिकता कानुनका कारण रुष्ट भएको बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय कूटनीतिज्ञलाई ‘बहिष्कार’ गरेको रिपोर्ट सार्वजनिक भएको छ । बंगलादेशको प्रमुख अखबार ‘भोरेर कागोज’का सम्पादक श्यामल दत्ताले लेखेको रिपोर्टमा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्दै आइरहेको खुलासा गरेका छन् । रिपोर्टमा भारतीय राजदूतले निरन्तर भेट्न अनुरोध गरिरहेको तर प्रधानमन्त्री शेख हसिनाले विगत ४ महिनामा एक पटक पनि भेट्न नचाहेको खुलासा गरिएको छ ।

अर्कोतर्फ बंगलादेशले पाकिस्तान र चीनसँग सम्बन्ध बढाउँदै गएको रिपोर्टमा खुलासा गरिएको छ । चीनसँग भन्दा पनि पाकिस्तानसँग बंगलादेशको निकटताले भारतमा खैलाबैला भएको छ ।

किनकि पाकिस्तान र बंगलादेशको सम्बन्ध बिगार्ने र यी दुई देशलाई विभाजन गर्ने मुख्य कारक भारत नै हो । खासमा पहिले बंगलादेश र पाकिस्तान एउटै देश थिए । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले गुप्तचर एजेन्सी रअको प्रयोग गरेर यी दुई देश विभाजन गराइदिएकी थिइन् । त्यसयता पाकिस्तान र बंगलादेशको सम्बन्ध कटु रहँदै आएको छ ।

रिपोर्टका अनुसार प्रधानमन्त्री शेख हसिना २०१९ मा सत्तामा आएपछि भारतीय परियोजनाको गति सुस्त भएको छ र चिनियाँ पूर्वाधार परियोजनालाई बढी समर्थन प्राप्त भएको छ । रिपोर्टमा लेखिएको छ ‘भारतको चिन्ताका बावजुद बंगलादेशले एक चिनियाँ कम्पनीलाई सिलेटमा विकानस्थल टर्मिनल बनाउने ठेक्का दिएको छ । भारतकी उच्चायुक्त रिभा गांगुली विगत ४ महिनादेखि प्रधानमन्त्री शेख हसिनालाई भेट्न प्रयास गरिरहेकी छिन् तर उनलाई अझैसम्म समय दिइएको छैन । बंगलादेशले कोरोना महामारीका क्रममा भारतले दिएको सहयोगप्रति धन्यवाद दिनको लागि कुनै पत्र पनि पठाएको छैन ।’

भारतको आपत्तिलाई बेवास्ता गर्दै बंगलादेशले बेइजिङ अर्बन कन्स्ट्रक्सन ग्रुपलाई सिलेटको ओस्मानिया विमानस्थलको टर्मिनल बनाउने ठेक्का दिएको छ । सिलेट भारतको उत्तर पूर्वी सीमा नजिकै भएकोले यो क्षेत्र भारतको लागि संवेदनशील छ । उता चीनले पनि बंगलादेशी उत्पादनमा कर छुट दिएको छ । चीनले बंगलादेशलाई कोरोना महामारीसँग जुध्न मेडिकल सहयोग पनि गरिरहेको छ । चीन र बंगलादेशको यो निकटता भारतको लागि चिन्ताको विषय बनेको छ किनकि बंगलादेश चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड परियोजनामा पनि सहभागी छ ।

उता पाकिस्तानसँग पनि बंगलादेशको निकटता बढ्दै गएको छ । कुनै समयका कट्टर दुश्मन देशबीचको यो निकटताले भारतलाई चिन्तामा पारेको छ । हालै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बंगलादेश प्रधानमन्त्री शेख हसिनालाई फोन गरेका थिए । फोन वार्तामा के–के कुरा भयो भन्ने खुलासा नभए पनि यो वार्ता हुनु नै भारतमा तरंग ल्याउनको लागि पर्याप्त थियो ।

रिपोर्टका अनुसार शेख हसिनाको सरकारमा एक समूह चीनसँग सम्बन्ध बलियो बनाउन इच्छुक छ । विगत १० महिनामा पाकिस्तानसँग पनि सम्बन्ध सुमधुर बनाउने प्रयास भइरहेको छ किनकि पाकिस्तान चीनको सहयोगी हो ।

नोभेम्बर २०१९ मा प्याजको मूल्य उच्च भएर अभाव हुँदा भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेशले पाकिस्तानबाट प्याज मगाएको थियो । बंगलादेशले पाकिस्तानबाट कुनै कृषि उत्पादन आयात गरेको यो १५ वर्षमा पहिलो पटक थियो । अर्कोतर्फ पछिल्लो समय भारत सरकारले ल्याएको नागरिकता कानुनका कारण भारत र बंगलादेशको सम्बन्ध बिग्रिएको छ ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…