काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

काठमाडौंका ४८ जना र ललितपुरका ४ जना र भक्तपुरका १ गरी उपत्यकाका ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोमबार मात्रै काठमाडौंका ३ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै मंगलबार थप ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ०६३ पुगेको हो ।सोमबार मात्रै १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मंगलबारसम्म कोरोनाका सक्रिय बिरामीको संख्या ५ जहार १सय २९ पुगेको छ। जसमध्ये प्रदेश १ मा २१७ जना, प्रदेश २ मा १ हजार ९ सय २२ जना , बागमती प्रदेशमा ४६१ जना, गण्डकी प्रदेशमा २६० जना , प्रदेश ५ मा ३९९ जना, कर्णाली प्रदेशमा ३७९ जना र सुदूरपश्चिम प्रदेशमा १हजार ५०१ जना रहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ। ।क्वारेन्टाइनमा रहनेको संख्या १५ हजर ३३१ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार १ सय २९ जनाको उपचार भइराखेको छ ।

कोरोनाले ज्या’न गु’माउनेको संख्या ४९ पुगेको छ ।

भर्खरै प्रकाशित

ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गयो माधव नेपाल समूह

५ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूह पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयविरुद्ध फेरि निर्वाचन आयोग गएको छ । अध्यक्ष ओलीले सर्वोच्च अदालतको…

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ :…

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र राजधानी ३ बर्ष वितिसक्दा पनि सरकारले तोक्न सकेको छैन । आईतबार प्रदेश २ को नाम र स्थायी…

विवाह गर्न जन्म दर्ता वा नागरिकता अनिवार्य

पश्चिम । जिल्लाका पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नुपूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ । उनीहरूकहाँ विवाहका लागि लगन हेराउन गएकाहरूले जन्मदर्ता वा नागरिकता…

बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन् । विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन…

प्रधानमन्त्री ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । एमालेको…