अबको दुई साताभित्रै कोरोना भाइरसको भ्याक्सिन ल्याउने रुसको तयारी

एजेन्सी । रुसले विश्वमा कोरोना भाइरसको भ्याक्सिनलाई स्वीकृति दिने पहिलो देशका रुपमा आफुलाई उभ्याउने गरी तयारी गरिरहेको छ, अधिकारीहरुकाअनुसार दुई साताभित्रै भ्याक्सिनले आधिकारिकता पाउनेगरी तयारी गरिएको छ । यद्यपि भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र रुसले यसको विकासका चरणहरु पार गरे–नगरेको विषयमा अझै चासो कायम रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ ।

रुसी अधिकारीहरुले सिएनएनलाई बताएअनुसार उनीहरुले अगस्ट १० वा त्यसभन्दा अघि भ्याक्सिनलाई स्वीकृति दिलाउनेगरी काम अघि बढाइरहेका छन्, मस्कोस्थित गामेल्या इन्स्टिच्युटले यस भ्याक्सिनको विकास गरेको हो ।
उनीहरुका अनुसार यो भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि स्वीकृत हुनेछ र पहिलो प्राथमिकता स्वास्थकर्मीलाई दिइनेछ ।

‘यो स्पुटनिक मुभमेन्ट हो,’ १९५७ मा सोभियत युनियनले सार्वजनिक गरेको विश्वकै पहिलो स्याटेलाइटको प्रसङ्ग झिक्दै रुसको सोभरेन वेल्थ फन्डका प्रमुख किरिल डेमीट्रिभले भने ।

यस निकायले रुसी भ्याक्सिनका लागि लगानी गरिरहेको छ । ‘स्पुटनिकको आवाज सुनेर अमेरिकीहरु आश्चर्यचकित भएका थिए । अहिले यो भ्याक्सिनलाई लिएर त्यस्तै भएको छ । रुसले सबैभन्दा पहिले बनाउनेछ,’ उनले थपे ।

यद्यपि,रुसले आफ्नो भ्याक्सिन परीक्षणबारे कुनै वैज्ञानिक तथ्य सार्वजनिक गरेको छैन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि यसको सुरक्षा र प्रभावकारिताबारे चासो राखिरहेका छन् ।

आलोचकहरुले रुसी राष्ट्रपतिको कार्यालय अर्थात् क्रेमलिनको दबाबका कारण भ्याक्सिन चाँडै बाहिर ल्याउन खोजिएको आरोप लगाएका छन्, राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई विश्वको विज्ञान शक्तिका रुपमा चित्रित गराउन खोजेका छन् । कतिपय आलोचकहरुले यस भ्याक्सिनको मानवीय परीक्षण पूरा नभएको आरोप समेत लगाएका छन् ।

संसारभर अहिले दर्जनौं भ्याक्सिनको परीक्षण चलिरहेको छ र थोरै भ्याक्सिनले मात्रै ठूलो संख्यामा परीक्षण गरिरहेका छन्, धेरैजसो भ्याक्सिन विकासकर्ताहरुले भ्याक्सिनलाई स्वीकृति दिनुपूर्व गर्नुपर्ने धेरै काम बाँकी रहने भन्दै सतर्क समेत गराएका छन् ।

केही भ्याक्सिनहरु तेस्रो चरणको क्लिनिकल ट्रायलबाट गुज्रिरहेका बेला रुसी भ्याक्सिनले भने अझै दोस्रो चरणको ट्रायल पूरा गर्न बाँकी छ । भ्याक्सिन विकासकर्ताहरुले ३ अगस्टमा यो परीक्षण पूरा हुने र त्यसपछि तेस्रो चरणको क्लिनिकल ट्रायलसँगै समानान्तर रुपमा स्वास्थकर्मीलाई पनि भ्याक्सिन लगाइदिने बताएका छन् ।

रुसी वैज्ञानिकहरुले यो भ्याक्सिन यसअघि नै अन्य रोगविरुद्ध लड्नका लागि तयार गरिएका भ्याक्सिनहरुको संशोधित स्वरुप रहेकाले यसलाई चाडैं विकास गरिन लागिएको बताए । अन्य, धेरै देश र कम्पनीहरुले पनि यही दृष्टीकोणलाई अगिंकार गरेका छन् ।

अमेरिकी सरकारको सहयोगमा भ्याक्सिन विकास गरिरहेको मोडर्ना कम्पनी, जसले मंगलबारदेखि तेस्रो चरणको परीक्षण सुरु गरेको छ, उसले पनि मार्ससँग सम्बन्धित भ्याक्सिन विकास गरिरहेको थियो र त्यसैको जगमा उभिएर कोरोनाको भ्याक्सिन निर्माण गर्न लागेको हो ।

यसले भ्याक्सिनको विकास प्रक्रियालाई तिव्र बनाएपनि अमेरिका र युरोपका नियामक निकायहरुले भ्याक्सिनको सुरक्षा र प्रभावकारिता परीक्षण पूर्ण हुनुपर्ने जोड दिएका छन् ।

सैनिकमा परीक्षण

रुसी रक्षामन्त्रालयका अनुसार रुसी सैनिकहरुले भ्याक्सिनको मानवीय परीक्षणमा स्वयंम्सेवकको भूमिका निभाएको जनाएको छ । भ्याक्सिन विकास परियोजनाका निर्देशक अलेक्जेन्दर गिन्सवर्गले सिएनएनसँगको कुराकानीमा आफुले पनि भ्याक्सिन लगाइसकेको जानकारी दिएका छन् ।

रुसी अधिकारीहरुका अनुसार विश्वव्यापी महामारी र रुस आफैं पनि कोरोना भाइरसको समस्यामा रहेका कारण भ्यासिनलाई फास्ट ट्रयाकबाट स्वीकृति दिन लागिएको हो । रुसमा अहिलेसम्म ८ लाखभन्दा धेरैमा कोरोना देखिइसकेको छ । ‘हाम्रा वैज्ञानिकहरु पहिलो हुनेमा केन्द्रीत होइन जनताको रक्षा गर्नमा केन्द्रीत छ,’ डेमीट्रिभले भने ।

भर्खरै प्रकाशित

रहेनन् दाङका एक निर्भिक र निडर पत्रकार अधिकारी

दाङ । दाङ घोराही निवासी पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस संक्रमनका कारण नि’धन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ बेलभार निवासी ४० बर्षीय…

खाडी मुलुक हिँडेका १२६ जना विमानस्थलबाटै फर्काइए

काठमाडौं । कोरोना परीक्षणसम्बन्धी सुरिया ल्याबको रिपोर्ट बोकेका १२६ जनालाई विमानस्थलबाटै फर्काइएको छ। खाडी मुलुक उड्ने तयारीमा रहेका १२६ जना नेपाली र भारतीय कामदारलाई त्रिभुवन…

एसएलसी फेल भएर दुबई गए, बुर्ज खालिफामा काम गरेर ‘इञ्जिनियर’…

घुम्नका लागि दुबई जाने धेरैजसो बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन…

रुख चढेर क्रिकेट हेर्ने नेपाली दर्शकको बेन कुपरले गरे तारिफ

काठमाडौंमा अहिले त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट चलिरहेको छ । गत शनिबारदेखि सुरु भएको सिरिजमा सुरुको तीन दिन दर्शकसहितको खेल भएको थियो । तर सरकारको पछिल्लो…

जथाभावी मास्क फ्याँक्नेलाई कारबाही हुने, अब पाँच दिनसम्म मास्कलाई सुरक्षित…

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । विशेषगरी…