मोबाइल सेवामा थप कर: सय रुपैयाँ रिचार्ज गर्दा २९ रुपैयाँ सरकारलाई

दूरसञ्चार सेवामा पछिल्लो समय सरकारले कर थप गर्दै आएको छ। कर थपिँदै गएपछि प्रविधिमा आएको विकासले सस्तो सेवा उपभोग गर्न पाउने उपभोक्ताको सुविधा खोसिएको छ।

डा युवराज खतिवडा अर्थमन्त्री भएपछि मात्र मोबाइल सेवामा दुई प्रकारका कर गरेर १५ प्रतिशतसम्म थप गरेका छन्।

कुनै पनि उपभोक्ताले मोबाइल सेवाको उपभोग गर्दा अब २९ प्रतिशत बढी प्रत्यक्ष कर तिर्नुपर्ने छ। यही साउनदेखि पोष्टपेड सेवाग्राहीले पनि प्रत्येक बिलिङमा २ प्रतिशत स्वामित्व शुल्क नामको कर तिर्नुपर्ने भएपछि सबै प्रकारको मोबाइल सेवाको कर २९ प्रतिशत भएको हो।

उपभोक्ताले मोबाइलमा सय रुपैयाँ रिचार्ज गर्दा २९ रुपयाँ बढी कर सरकारलाई बुझाउनुपर्ने छ।

सय रुपैयाँको रिचार्जमा सुरुमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ। त्यस्तै १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिबृद्धि कर लाग्छ।

यो वर्ष भने सरकारले पोष्टपेड मोबाइलमा २ प्रतिशत कर थप गरेको हो।

यो बाहेक यो वर्षको आर्थिक ऐनअनुसार प्रत्येक सिमकार्ड खरिद गर्दा सुरुमा २ प्रतिशत शुल्क पनि लाग्छ।

मोबाइल इन्टरनेट बाहेकको इन्टरनेटमा भने १३ प्रतिशत सेवाशुल्क र १३ प्रतिशत मूल्यअभिबृद्धि कर लाग्छ। सेवा शुल्क लगाउँदा भने मर्मत शुल्कको आधा रकमलाई मात्र करयोग्य मूल्य मानिने व्यवस्था छ।

विद्युतीय गाडीमा लगाइएको करमा सर्वोच्चको कारण देखाऊ आदेश

सर्वोच्च अदालतले सरकारसँग विद्युतीय सवारी तथा विद्युतीय साधनमा कर बढाउनुको कारण माग गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत विद्युतीय सवारीमा बढाएको कर संसदबाट पास भई कार्यान्वयनसमेत भइसकेको छ ।

यसअघि विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क नलाग्ने गरेकोमा अर्थमन्त्री खतिवडाले त्यसलाई क्षमताका आधारमा ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने व्यवस्था गरिदिएका थिए । यस्तै, १० प्रतिशत मात्रै लाग्ने भन्सार दर पनि ८० प्रतिशत (जसमा आधा छूट हुने व्यवस्था छ ) पुर्याएका थिए ।

गैरसरकारी संस्था जुरी नेपालले सर्वोच्च अदालतमा रिट दायर गरेर विद्युतीय साधनमा कर बढाउने सरकारी निर्णय खारेज गर्न माग गरेको थियो । नेपालको संविधानको मौलिक हक तथा वातावरण संरक्षण ऐनको मर्म विपरीत आर्थिक ऐनले विद्युतीय साधनमा अत्यधिक कर वृद्धि गरेको जुरी नेपालको तर्क छ । यस्तो निर्णय वातावरण संरक्षणका सम्वन्धमा राज्यको दीर्घकालिन सोच र प्राथमिकता विपरित भएको भन्दै खारेज गर्न माग गरिएको छ ।

रिट निवेदनमा अत्यधिक कर लगाउने कार्यले विद्युतीय साधनलाई सर्वसाधारणको पहुँचभन्दा बाहिर पुर्याएको र विद्युतीय साधनको आयातलाई निरुत्साहित गरेको जिकिरसमेत गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गर्दै उक्त विषय गम्भीर प्रकृतिको भएकाले अग्राधिकार दिई पेसी तोक्न भनेको छ ।

रिटमा कर बढाउँदा विद्युतीय सवारी साधनलाई आयातमा बढी आर्थिक दायित्व पर्ने र त्यसले स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकको उल्लंघन हुने जिकिर गरिएको छ । साथै, कर बढाउने कार्य वातावरण संरक्षण ऐन र सरकारले विद्युतीय ऊर्जालाई महत्व दिने गरी तर्जुमा गरेका विभिन्न रणनीति र कार्ययोजनाको समेत विपरीत हुने दावी गर्दै परमादेशको आदेश पनि मागिएको छ ।

रिट निवेदनमा हरित ऊर्जा प्रवर्द्धनका लागि अलग्गै राष्ट्रिय कार्ययोजना बनाउन, वायु प्रदूषण नियन्त्रणबारे सर्वोच्च अदालतबाट जारी भएका आदेश तथा फैसलाहरुको कार्यान्वयनका लागि विज्ञ समूह गठन गर्न पनि माग गरिएको छ ।

भर्खरै प्रकाशित

नेपाल स्वर्ग हो : कतारी राजदूत

काठमाण्डाै – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलले नेपाल स्वर्ग रहेको बताउनुभएको छ । नेपालका नागरिक विश्वकै राम्रा र यहाँको प्राकृतिक वातावरण…

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू

कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ। वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध…

अमेरिका र ताइवानलाई चे’तावनी दिन चीनले देखायो यु’द्धविमानको भिडियो

चीनको एक लडाकू विमानका पाइलटले विदेशी यु’द्धविमानलाई ख’तरनाक चु’नौती दिएको र चिनियाँ हवाईक्षेत्र त्याग्न बाध्य बनाएको एक भिडियो चीनले सार्वजनिक गरेको छ । सरकारी टेलिभिजन…

नेपालको प्रधानमन्त्रीलाई भारतले आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो…

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर प्रश्न गरेका छन् । हालै ‘रअ’…

चर्चित गायिका नेहा कक्कडले गरिन् बिहे

मुम्बई । बलिउडकी चर्चित गायिका नेहा कक्कडले विवाह बन्धनमा बाँधिएकी छन् । उनले शनिबार अर्थात २४ अक्टुवर रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् । दुबैको विवाह…