सोमवार नेपाल, चीन, पाकिस्तान र अफगानिस्तानका परराष्ट्रमन्त्री तथा प्रतिनिधिहरूले भर्चुअल बैठकमा भाग लिएपछि भारतीय सञ्चारमाध्यमहरूले हो’हल्ला गरेका छन् ।
बैठकमा कोरोना संक्रमणविरुद्ध ल’ड्ने विषयका अतिरिक्त आर्थिक वृद्धि तथा चीनको पेटी सडक पहलका विषयमा पनि चर्चा भएको थियो ।
बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, चीनका परराष्ट्रमन्त्री वाङ यी तथा अफगानिस्तानका कार्यवाहक परराष्ट्रमन्त्री मोहम्मद हनीफ अटमार उपस्थित थिए ।
पाकिस्तानका परराष्ट्रमन्त्री महमूद कुरैशी उपस्थित भएनन् तर उनले भिडियो सन्देश पठाए अनि उनको प्रतिनिधिका रूपमा अर्थमन्त्री मखदूम खुसरोले बैठकमा भाग लिए ।
बैठकमा यीले कोरोनासँग ल’ड्नका लागि विश्व स्वास्थ्य संगठनको भूमिकालाई समर्थन गर्न अपील गरेका थिए । अमेरिकाले संगठन चीनको नि’यन्त्रणमा रहेको भनी कैयौंपटक आरोप लगाइसकेको छ ।
साथै उनले नेपाल, पाकिस्तान र अफगानिस्तानलाई चीनको पेटी सडक पहलमा समर्थन गर्न समेत आग्रह गरे ।
उनले भने, ‘हामी चीन पाकिस्तान आर्थिक कोरिडोर र ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कको निर्माणलाई प्रोत्साहन गर्छौं । अनि अफगानिस्तानसम्म यस कोरिडोरलाई बढाउन पनि सहयोग गर्छौं ।’
संसारमा पहुँच बढाउनका लागि चीनले एसिया, युरोप र अफ्रिकाका ६५ देशलाई जोड्ने योजना बनाएको छ । यसलाई न्यु सिल्क रोड पनि भनिन्छ ।
भारतले यसको विरोध गरिरहेको छ किनकि यस परियोजना अन्तर्गत चीन पाकिस्तान आर्थिक कोरिडोर पनि बनिरहेको छ । चीनको तिब्बत सिनजियाङ हुँदै पाकिस्तानको ग्वादर बन्दरगाहसम्म यो सडक जान्छ ।
पाकिस्तान अभीनस्थ कश्मीरमा पर्ने गिल्गिट बाल्टिस्तान हुँदै जाने भएकाले भारतले यसको विरोध गरेको हो । त्यस क्षेत्रलाई भारतले आफ्नो भूभाग मान्छ ।
भारत र चीनबीच सीमाविवाद चलिरहेको बेलामा चीनका परराष्ट्रमन्त्रीले यो पहल गरेका हुन् ।
भारतको सम्बन्ध पाकिस्तानसँग पहिलेदेखि नै खरा ब रहिआएको छ भने अहिले नेपालसँग पनि चिसोपन छ ।
नेपाल, पाकिस्तान र अफगानिस्तानका मन्त्रीहरूले चीनका परराष्ट्रमन्त्रीको प्रस्तावको समर्थन गरे । यी देशहरूले कोरोना कालमा चीनले पुर्याएको सहायताका लागि आभार प्रकट गरे ।
उनीहरूले विश्व स्वास्थ्य संगठनको पनि समर्थन गरे ।
यीले पाकिस्तानको उल्लेख गर्दै नेपाल र अफगानिस्तानलाई चीन–पाकिस्तान सहयोगको उदाहरण अनुसरण गर्न भने ।
राम्रो छिमेकी हुनु सौभाग्यको कुरा हो, उनले भने ।