भाजपा सांसदको अपिल : ५ पल्ट हनुमान चालिसा पढ्नूस् कोरोना भाग्छ !

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस महामारी झन् जटिल बन्दै गएको बेला भारतीय सत्तारुढ दलका नेताहरुले एकपछि अर्को गलत र झुटा प्रचारवाजी गर्न थालेका छन् ।

भारतीय जनता पार्टीकी नेतृ तथा सांसद प्रज्ञा ठाकुरले हालै जनतालाई हनुमान चालिसा पढेर प्रार्थना गर्न आग्रह गरेकी छन् । उनले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् ।

जसले गर्दा कोरोना महामारी अन्त्य हुने उनको जिकिर छ । ‘कोरोनाभाइरस महामारीबाट विश्वलाई छुटकारा’ भन्दै प्रार्थना गर्न पनि उनले आग्रह गरेकी छन् ।

‘आउनूस्, हामी सबै मिलेर जनताको सुस्वास्थ्य र कोरोनाभाइरस अन्त्यका लागि हनुमान चालिसा पाँच पटक पढ्दै आध्यात्मिक पहल गरौँ,’ सांसद ठाकुरले भनेकी छन् ।

भुपालकी सांसद ठाकुरले अगस्ट ५ सम्म हरेक दिन पाँच पटक हनुमान चालिसा पढ्न आग्रह गरेकी हुन् । अगस्ट ५ अर्थात्, अयोध्यामा राम मन्दिर निर्माणको उद्घाटन गर्ने दिनसम्म यस्तो प्रार्थना गर्नाले महामारी अन्त्य हुने उनको जिकिर छ ।

आगामी अगस्ट ५ मा भूमि पूजा गर्दै राम मन्दिरको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने कार्यक्रम छ । ठाकुरले ट्वीटरमा एक भिडिओ समेत सार्वजनिक गरेकी छन् । यससँगै भुपालमा अगस्ट ४ सम्म लकडाउन जारी रहनेछ ।

‘जब जनताले, देशसँगै विश्वभरका हिन्दूले एकै स्वरमा हनुमान चालिसा पढ्छन्, यसले पक्कै काम गर्नेछ । र हामी कोरोनाभाइरसबाट मुक्त हुनेछौँ । यो रामसँग तपाईँको प्रार्थना हुनेछ,’ सांसद ठाकुरले भनेकी छन् ।

सांसद ठाकुरले विवादास्पद र आधारहीन प्रचारवाजी गरेको यो पहिलो पटक हैन । यसअघि पनि उनले संसद बैठकबाटै हिन्दू धर्मको पक्षमा साम्प्रदायीक अभिव्यक्ति दिएपछि चर्को विवाद उत्पन्न भएको थियो । यसवाहेक भाजपाका अरु सांसद तथा नेताले पनि गाईको पिसाब सेवन गर्नाले कोरोनाभाइरस नष्ट हुने प्रचारवाजी गरेका थिए ।

भर्खरै प्रकाशित

प्रचण्डले शिलान्यास गरेको पुलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा रहेको राप्ती नदीमा बनेको देशकै दोस्रो लामो पुलको उद्घाटन भएको छ । जिल्लाका राप्ती र गढवा गाउँपालिका जोड्ने…

निर्वाचन आयोगले दिएन नेकपा टुटेको मान्यता, सुर्य चिन्ह पुरानै ओली-प्रचण्ड…

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई मान्यता नदिने भएको छ । आयोगले केपी शर्मा ओली र प्रचण्ड-माधवकुमार नेपाल दुवै समूहको कागजातहरु अध्ययन पछि…

अरुको नाममा रहेको सिम यसरी सजिलै आफ्नो नाममा दर्ता गर्नुहोस्

काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल…

नेकपा घोराही अध्यक्षमा बस्नेत, लमहीमा घिमिरे, बबइमा पुन र दंगीशरणमा…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा, प्रचण्ड–नेपाल पक्ष) दाङले रिक्त रहेका स्थानीय तहका पदाधिकारी मनोनित गरेको छ । पार्टी विभाजनसँगै ओली पक्षमा लागेर रिक्त रहेका पदाधिकारीमा मनोनित…

न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम नछोड्ने, रविसंग कानूनी…

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत…